मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

सौन्दर्यको कुनै सिमा र मापन हुदैन। तत्पश्चात पनि सुन्दरताको बखान संसारले गरेको पाइन्छ। मुलतः शरीरको बनावट आर्कषक जीउडाल, लोभलाग्दो पहिरन तथा उन्मुक्त र जीवन्त शैलीले थप आर्कषण एंव लठ्याउने गर्दछ। महिला सौन्र्दय मापनका लागि वैज्ञानिकहरुले विज्ञान मार्फत अध्ययन शुरु गरिसकेका छन्। जसको ज्वलन्त उदाहरण हो हलिउड हिरोइन, टेलिभिजन प्रस्तोता र मोडल – केली ब्रुक। ४० औं वसन्त पार गरेकी केली सन् १९९८ देखि फैसन म्यागजिन एफएचएमको सबैभन्दा सेक्सी महिलाको सूचिमा सुचिकृत छिन्। सन् २००५ मा उनी शिर्षथ स्थानमा थिइन्।

फेसन म्यागजिनहरुमा मात्र नभई अमेरिकाको युनिभर्सिटी अफ टेक्ससका अनुशन्धानकर्ताहरुकोे अध्ययन र वैज्ञानिक विश्लेषणका आधारमा पनि केली ब्रुक उत्कृष्ट, लोभलाग्दो र मादक जिउडाल भएकी सुन्दर महिला सावित भएकी छिन्। ४० को उमेरमा पनि केली उत्तिकै हट र सेक्सी तथा सुन्दर देखिन्छिन। सुन्दरता भनेको विशुद्द सामाजिक र साँस्कृतिक पक्षसंग जोडिएको विषय हो। यद्यपी केलीले आफ्नो क्यारियर निर्माणका क्रममा आफ्नो जिउडालमा आएका थुप्रै उतार चढावहरुको सामाना गरिसकेकी छिन्। ५ फिट ६ इन्च उचाई र ६६ के.जी. तौल भएकी मस्त केलीको शाररिक बनावट ३९x२८x३७। हलिउड चलचित्रमा काम गर्ने बेला उनको शरीर स्लिम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *