राजेश्वर डी. श्रेष्ठ,

वर्ष : ०३ | अंकः २१ | माघ २०७७,

गाई जात्रा आउन बाँकी नै छ। तर अचेल सकड सडकमा बेमौसमी गाईजात्रा प्रदर्शित छ। सत्तारुढ दलका दुई खेमा एक अर्का विरुद्ध पाखुरा सुर्कदै तथानाम गाली गलौंचका साथ शाक्ति प्रदर्शनमा व्यस्त छ। आलोपालो भजाउँदै अहिले ती ठूला भनाउँदा खेमाहरु जनताको अभिमतका अपमान गर्न ताल्लिन छन्। तीन करोड नेपालीको मत अहिले सडकमा छरपस्ट छ। वेवारिसे छ, अपमानित छ र लावारिस छ।

सोझा नेपाली जनता दुई फुटबल टीमबीच छिनाझपटीका साथ लात खाँदै कहिले यता र कहिले उताको पोस्टमा गोल हुन पुग्ने ‘बल’ जस्तै बन्न पुगेको छन्। भजाउन नेपाली जनतालाइनै भजाउने गरिएको छ। हुँदा खाँदाको संविधान सभा गोलखाडीमा पु¥याएर फेरी जनतालाई बलिको बोको बनाउन खोजिंदै छ। व्याचका संरक्षकहरु कानुनमा दुलो खोज्दै छन् भने न्याय (कानुन) बनाउनेहरु भ्वाङ पार्दै छन्।

सबैभन्दा शक्तिशाली अनि जनताको सार्वभौम निहीत संविधानसभा चटकेको चटकमा जस्तै एकै झ्टकामा गायब भएको छ। मानौै त्यो सार्वभौम नभएर कसैको इच्छामा चल्ने मेसिन हो। जनता अवाकः किकर्तव्यविमुढ! अनि खेलाडीहरु सडक सडकमा खेल खेल्न मस्त र व्यस्त। विडम्वनापूर्ण अवस्था, उदेकलाग्दो दृश्य तथा लाचार समाज।

उच्चपदमा रहेका उच्चपदस्थ व्यक्तिहरु आफ्नो उच्चताको अपमान गर्दै आफ्नो चरित्रको नाङ्गोरुप प्रदर्शन गर्न उद्धत् छन्। नेतृत्व वर्ग अनि हामी बेमौसमे गाईजात्राको साक्षी। अर्थात मुकदर्शक मात्र। संविधान माथि खेलांची हुँदा हामी भने मौन मात्र। अझ कित्ता कित्तामा बडिएका कठपुतली कार्यकार्ता।

सबैभन्दा उत्तम भनिएको संविधानमा सहज खेल कसरी हुन सक्यो जनता सर्वशक्तिमान भनिएको संविधान दुई–चार जनाको खेलौना कसरी बन्न पुग्यो। कहिले एउटा खेमा, कहिले अर्को खेमा, अनि कहिले न्यायलय भित्र नै अन्यौलता! यो कस्तो संविधान हो, जस्को भान कार्यान्वयन र संरक्षणकर्ताहरुले नै राख्न सकिरहेका छैनन्।

हिजो टाउकोको मूल्य तोकिएका। तोक्नेहरु तिलस्मी कथा झै कसरी र कस्का लागि एक भए? आज फेरी किन र कस्का लागि मूल्य तोक्ने शैलीमा एक अर्का विरुद्ध पाखुरा सुर्कदौं छन्। जनताले बुझन जरुरी छ। किनकी यो नाटक नै हो, यो नौटंकी नै हो! चेतना भया!

Leave a Reply

Your email address will not be published. Required fields are marked *