मुलुक डेस्क,

वर्ष : ०३ | अंक | २१ माघ २०७७,

संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिश गरेका व्यक्तिहरुको माघ २१ गते बुधबार राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको शपथ ग्रहण भएको छ ।

मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानव अधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तको नियुक्ति सहित, सिफारिश गरेको थियो ।सरकारले पुस ५ गते प्रतिनिधिसभा भंग गरेका कारण उनीहरुले संसदीय सुनुवाइको सामना गर्नु परेन ।

संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले निर्णय प्रक्रियामै असहमति जनाउँदै संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कल प्रति नै फिर्ता पठाएका थिए । शीतल निवासमा भएको शपथ ग्रहण पश्चात सबै आयोगहरुमा रहेको रिक्त स्थान पुरा भएको छ ।

Leave a Reply

Your email address will not be published.