मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

कोइलाडी बर्साइनद्वारा तिलाठी पराजित,

फाइनलमा कोइलाडी र सकरपुराबीच भिडन्त हुने

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा वडा नं. ४ कोइलाडी र वडा नं. ३ सकरपुराबीच बुधबार खेल हुने भएको छ । मंगलबार सम्पन्न खेलमा वडा नं. ५ कोइलाडी बर्साइनले वडा नं.१ तिलाठीलाई ५१ रनले पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमाटस जितेर पहिलो ब्याटिङ्ग गरेको वडा नं. ५ कोइलाडी बर्साइनले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई १३४ रन बनाएको थियो । जसमा दिपेश सरदारले विष्फोटक ब्याटिङ्ग गर्दै २ छक्का र ४ चौकाको मद्तले २२ बलमा ३७ रन बनाए भने राजेश रजकले एक छक्का र ३ चौकाको मद्तले अविजित ३४ रन तथा कृष्णा साहले १५ र प्रकाश मण्डलले १४ रनको योगदान गरे । तिलाठीको लाागि मुकुन्द मोहन मिश्र, जितेन्द्र यादव, मुकुन्द माधव मिश्रा, लक्ष्मी राय र श्रवण मोहम्मदले १/१ विकेट लिए ।

जितकोलागि १३५ रन पछ्याएको तिलाठी टिम १७ ओभर १ बलमा अल आउट हुँदै ८३ रन मात्र जोड्न सक्यो । तिलाठीकालागि श्रवण मोहम्मदले ७ चौकाको मद्तले सर्वाधिक ३४ रन बनाएका थिए भने लक्ष्मी रायले १६ तथा जितेन्द्र यादवले अविजित १० रन बनाएका थिए । कोइलाडी बर्साइनका लागि राजेश रजकले घातक बलिङ्ग गर्दै ३ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए भने दिपेश मण्डलले ३, दिपेश सरदारले २ तथा कृष्णा साहले १ विकेट लिंदै आफ्नो टिमलाई जित दिलाए । उक्त खेलमा को. बर्साइन टिमका राजेश रजकलाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले ट्रफी प्रदान गरे । संयोजक झा का अनुसार प्रतियोगिताको फाइनल खेल बुधबार वडा नं. ४ कोइलाडी र सकरपुराबीच हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *