मुलुक डेस्क,
वर्ष : ०३ | अंक : २१ | माघ २०७७,
सामसङले नयाँ फ्ल्यागशिप स्मार्टफोन सामसङ ग्यालेक्सी एस २१ सिरिज सार्वजनिक गरेको छ। सामसङ ग्यालेक्सी अनप्याक्ड २०२१ नामक कार्यक्रममार्फत कम्पनीले ग्यालेक्सी एस २१, एस २१ प्लस र एस २ अल्ट्राका साथै बड्स प्रो बजारमा ल्याएको हो। सामसङ ग्यालेक्सी एस २१ को मूल्य करिब ९३ हजार तथा एस २१ प्लसको एक लाख १६ हजार छ। एस २१ अल्ट्राको मूल्य भने एक लाख ३९ हजार छ। साथै सामसङ ग्यालेक्सी पड्स प्रोलाई करिब रु. २२ हजार रहेको छ।
सामसङ ग्यालेक्सी एस २१ अल्ट्रामा ६.८ इन्चको एमोलेड क्वाड एचडी प्लस डिस्प्ले र स्क्रिन रेजोलुसन १४४०ह३२०० पिक्सेल रहेको छ। कम्पनीले १२ जीबी ¥याम तथा १६ जीबी ¥याम अप्सनका साथ १२८ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेज अप्सनका साथ बजारमा ल्याएको छ। यो फोनमा एड्भान्स अक्टा कोर एक्साइनस २१०० एसओसी प्रोसेसर राखिएको छ। यसमा एस पेनको सपोर्ट समेत रहेको छ। ४ वटा क्यामेरम रहेकोमा प्राइमरी क्यामेरा १०८ मेगापिक्सेलको छ। साथै १२ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स, १० मेगापिक्सेलको डेप्थ सेन्सर र १० मेगापिक्सेलकै म्याक्रो लेन्स दिइएको छ। ४० मेगापिक्सेलको सेल्फी क्यामेरा सहित ५००० एमएएचको ब्याट्री छ। जुन वायरलेस चार्जिमङ फिचरका साथ उपलब्ध छ।
एस २१ मा ६.२ इन्चको फुल एचडी प्लस डाइनामिक एमोलेड २ एक्स इन्फिनिटी ओ डिस्प्लेका साथ स्क्रिन रेजोलुसन १०८०ह२४०० पिक्सेल रहेको छ। ४ कलर अप्सनको एस २१ को पछाडि भागमा तीन वटा क्यामेरा राखिएको छ। जसमा प्राइमरी सेन्सर ६४, १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स र १२ मेगापिक्सेलकै डुअल पिक्सेल सेन्सर दिइएको छ। १० मेगापिक्सेलको सेल्फीको क्यामेरा संगै ८ जीबी तथा १२ जीबी ¥याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज अप्सन छ। वायरलेस चार्जिङ सहित ४००० एमएएच क्षमताको ब्याट्री दिइएको छ।
एस २१ प्लसमा ६.७ इन्च डिस्प्ले सहित रेजोलुसन १०८०ह२४०० पिक्सेल रहेको छ। पछाडि भागमा ३ वटा क्यामेरा छ। प्राइमरी सेन्सर ६४ मेगापिक्सेलको साथमा १२ मेगापिक्सेलको डुअल पिक्ससेल सेन्सर र १२ मेगापिक्सेलकै अल्ट्रा वाइड लेन्स दिइएको छ। १० मेगापिक्सेल सेल्फीसंगै ८ जीबी र १२ जीबी ¥याम र १२८ जीबी तथा २५६ जीबी स्टोरेज भेरियन्टमा अपलब्ध छ।