मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

पहिलो दिनको खेलमा कोइलाडी र सकरपुरा विजयी

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गजेन्द्र नारायण सिंह स्मृति टी २० क्रिकेट प्रतियोगिताको बुधबार सम्पन्न दुई खेलमा साबिकको विजेता वडा नं. ४ कोइलाडी र वडा नं. सकरपुराले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको पहिलो खेलमा वडा नं. ४ कोइलाडीले वडा नं. ८ तोपालाई ८ विकेटले र वडा नं. ३ सकरपुराले ले वडा नं. १ तिलाठीलाई चार विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गर्दै गरेको तोपाले निर्धारित १४ ओभरमा ६ विकेट गुमाई ६५ रन बनाएको थियो । खराब मौसमको कारण १४ ओभर खेलाईएको खेलमा तोपाका लागि रमेश यादवले सर्वाधिक १२ तथा राज रतन झा र रोहित मण्डलले समान ११/११ रन बनाएका थिए । कोइलाडीका लागि जुगनु मण्डलले किफायति बलिंग गर्दै ३ ओभरमा १० खर्चिदै ३ विकेट लिए भने रोहित सिंह र नरेश मण्डलले समान १/१ विकेट लिएका थिए ।

जवाफी ब्याटिङ्गमा आएका कोइलाडीले ११ ओभर ५ बलमा २ विकेट गुमाई विजयी हालिस गर्न सफल भयो । कोइलाडी टिमका खेलाडिहरु रोहित सिंहले नटआउट रही २४ रन र मो. गुड्डुले नटआउट १२ रनको योगदान दिए भने रोबिन सिंहले १५ रन बनाएका थिए । तोपाका लागि रमेश यादव र रविन मण्डलले १/१ विकेट लिए । उक्त खेलमा कोइलाडीका जुगनु मण्डललाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत तथा प्रतियोगिता संयोजक राजेश कुमार झाले म्यान अफ द म्याच ट्रफी प्रदान गरे । यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १५१ रन बनाएका थिए । तिलाठीका लागि ओपनर विष्णु मण्डलले एक छक्का र आठ चौकाको मद्तले ५८ बलमा ६६ रन बनाए भने अर्का ओपनर लक्ष्मी रायले एक छक्का र सात चौकाको मद्तले ४६ बलमा ४६ रन बनाए । यसैगरी राजकुमार यादव नटआउट रही १३ रनको योगदान गरे ।

सकरपुराको लागि राजु सिंहले २ तथा साकेत सिंहले एक विकेट लिए । जवाफमा सकरपुरा टिम अन्तिम बलमा छक्का प्रहार गर्दै विजयी हासिल गर्न सफल भयो । सकरपुराकालागि अमित मण्डलले विष्फोटक बल्लेबाजी गर्दै तीन छक्का र एक चौकाको मद्तले ३५ बलमा नट आउट रही ६८ रन बनाए । यसैगरी साकेत सिंहले २६, सुरज मण्डल र रिपुल सिंहले समान १२/१२ रनको योगदान गरे । तिलाठीको लागि सागर झाले एक मात्र विकेट हात पारे । उक्त खेलमा म्यान अफ द म्याच भएका सकरपुराका अमित मण्डललाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष धर्मेन्द्र चौधरीले पुरस्कार प्रदान गरे । प्रतियोगिता अन्तर्गत १६ गतेवडा नं. २ लौनियाँ र वडा नं. ६ को. मधेपुराबीच पहिलो खेल तथा दोस्रो खेल वडा नं. ५ को. बर्साइन र वडा नं. ७ मन्सापुरबीच हुने प्रतियोगिता संयोजक झाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *