मुलुक डेस्क,
वर्ष: ०३ | अकंः २०| मंसिर/पौष २०७७,
सिनर्जी पावर डेभलपमेन्टले एकैसाथ ३ वटा आर्थिक वर्ष ७४÷७५, ७५÷७६ र ७६÷७७ को साधारणसभा पौष २२ गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ। कम्पनीले २०७७ असारसम्मको खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ। कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो पटक लाभांश प्रस्ताव गरेको हो ।
यसैगरी कम्पनीको साधारणसभाले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले सोलुखुम्बुको होंगु खोलामा रहेको २२ मेगावाटको ‘मध्य होंगु खोला ए’ जलबिद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।