मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ माघ २०७७,

विश्व मापदण्ड अनुसार प्रत्येक १० वर्षमा राष्ट्रिय जनगणना हुने गर्छ । यसै प्रावधान अनुसार नेपालमा पनि पछिल्लो जनगणना २०६८ सालमा भएको थियो । उक्त जनगणनाको तथ्याङ्क अनुसार नेपालमा कुल महिला १,३६,४५,४६३ र कुल पुरुष १,२८,४९,०४१ गरि कुल जनसंख्या २,६४,९४,५०४ रहेको छ । यसै सन्र्दभमा १० वर्ष पछि २०७८ सालमा राष्ट्रिय जनगणना गर्ने अभियानको थालनि भएको हो । राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रीय तथ्यांक विभागले गणक तथा सुपरिवेक्षक पदमा अनलाइन दरखास्त आह्वान गरेको छ । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले राष्ट्रिय जनगणनाका लागि तयार गरिएको जनगणना जनशक्ति व्यवस्थापन प्रणाली शुभारम्भ गरे । गणनामा खटाउन विभागले करारमा गणक र सुपरिवेक्षक राख्ने भएको हो । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना गर्न लागेको जनाएको छ । इच्छुकले २०७७ चैत ११ गतेदेखि ६० दिनभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरुका लागि चैत्र ५ गतेदेखि चैत ११ गतेसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

सुपरिवेक्षकका लागि कस्ता व्यक्तिले आवेदन दिन सक्छन्

  • न्यूनतम शैक्षिक योग्यता स्नातक तह वा सोसरह उत्तीर्ण गरेको ।
  • उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको । महिलाको हकमा ४५ वर्ष ननाघेको ।
  • स्थानीय तह सम्बन्धित स्थानीय तहमा बसोबास गरेको नागरिक ।

गणकका लागि कस्ता व्यक्तिले आवेदन दिन सक्छन् ?

  • न्यूनतम शैक्षिक योग्यता १०+२ वा सोसरह उत्तीर्ण गरेको ।
  • उमेर दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको । महिलाको हकमा ४५ वर्ष ननाघेको ।
  • स्थानीय तह सम्बन्धित स्थानीय तहमा बसोबास गरेको नागरिक ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *