मुलुक डेस्क,

वर्ष : ०३ | अंक : २१ | माघ २०७७,

मुलुकलाई सहि दिशा र गन्तव्य तिर डोर्याउनका लागि सत्ता र शक्ति परिर्वतन संगै पात्रको परिर्वतन पनि जरुरी छ । मुलुकमा व्यापत भ्रष्टाचार, उदण्डता र सन्किपनको प्रकोपबाट बचाउन देशभक्त प्रजातान्त्रिक गठबन्धनले काठमाडौमा बृहत शक्ति प्रदर्शन गरेको छ । मुलुकलाई संघियताको मारबाट जोगाउन आर्थिकभार बाट बचाउन र स्वच्छ एवं शान्तिपूर्वक बाँच्ने जनताको अधिकारलाई स्थापित गराउन तथा धमर्, संस्कृति र संस्कार सहित जीवनयापन हुने नैसर्गिक मूल्य मान्यतालाई जोगाउन व्यवस्थाको परिर्वतन अपरिहार्य छ । जसको फलस्वरुप राजसंस्था र हिन्दु राष्ट्रको नाममा मुलुक भरिनै विशाल प्रर्दशन विगतका केहि महिना देखि निरन्तर भैरहेको देखिन्छ । वर्तमान व्यवस्थाको विकल्प जनताले खोजिरहेको छ ।

२०४७ को संबिधान तथा राजसंस्था पुर्नस्थापनाको माग गर्दै काठमाडौं माइतीघर मण्डला देखि बानेश्वरसम्म देशभक्त प्रजातान्त्रिक गठबन्धनले बृहत जनप्रर्दशन गरेको छ । ‘न मधेसी, न पहाडी, न हिमाली – हामी सबै नेपाली’ लेखेको बैनर सहित माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले नयाँ बानेश्वर पुगि कोण सभा गरेका थिए । पैदल, मोटरसाइकल र गाडीका साथ प्रदर्शनमा सहभागीहरुले धर्म निरपेक्षता, संघीयता र गणतन्त्र बिरोधी चर्को नाराबाजि गरेका थिए । उल्लेख जनसहभागिताले उत्साही बनेका देशभक्त प्रजातान्त्रिक गठबन्धनका नेताहरुले नयाँ बानेश्वरमा कोण सभालाई सम्बोधन गर्ने क्रममा संघियता, गणतन्त्र र २०७२ को संबिधान असफल भएको बताए ।

देश र जनतालाई बचाउन २०४७ को संबिधान लागू गर्न समेत माग गरेका थिए । शक्ति प्रदर्शनमा सहभागी अगुवा नेता तथा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज कुमार झा (मनोज मुक्ति) ले सभाको सम्बोधन गर्दै नेपाल र नेपालीलाई लूटने र करको मारले थिच्ने प्रक्रिया बन्द गर्नुपर्ने तर्क गरेका थिए । साथै १२ बुदे दिल्ली सम्झौताबाट जन्मेका संस्कार एंव संस्कृतिको अन्तय गर्न र मातृभूमि नेपाललाई जोगाउन सेना, राजा र आम नागरिक एकजुट हुनुको विकल्प नरहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *