मुलुक डेस्क,

वर्ष‌‌‌‌‌‌: ०३ | अकं: २० | मंसिर/पौष २०७७,

बजाजकालागि नेपालका आधिकारीक बिक्रेता एचएच बजाजले नवलपरासीमा मोटरसाइकल एसेम्वल गर्दै आएको छ। कम्पनी स्रोतले जनाए अनुसार डोमिनारको मूल्य ५ लाख २९ हजार ९ सय रुपैयाँ तोकेको छ। जुन पहिलाको तुलनामा रु. ६० हजारले सस्तो भएको हो।

परिमार्जित डोमिनार ४०० मा ३७३.३ सी.सी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, एफआई इन्जिन रहेको छ। यो इन्जिले ८००० आरपीएममा ३६ बीएच पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ। यसमा डबल च्यानल एबिएससहित फ्रन्टमा ३२० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक सहित टप स्पीड क्षमता १४८ कि.मि. रहेको छ। ६ स्पीड गियरबक्स सहित १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ। बल्याक रङको थिममा ग्रिन, ब्लु, ओरेन्जमा डोमिनार बाइक उपलब्ध हुने छ।

Leave a Reply

Your email address will not be published.