मुलुक डेस्क,
वर्ष: ०३ | अकं: २० | मंसिर/पौष २०७७,
युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै कम्तीमा एउटा विस्फोट भएको विवरण प्राप्त भएको छ।
घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ। तर त्यहाँका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशलू रहेको बताएका छन्। देशका सूचनामन्त्रीले हूथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्यू गरेको आरोप लगाएका छन्।
सन् २०१५ देखि यमन द्वन्द्वको चपेटामा परेको छ। साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हूथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति अब्दराबा मन्सुर हादीको शासन पुनःस्थापित गर्नका लागि सैन्य कारबाही सुरु गरेसँगै यमनमा समस्या देखा परेको हो। त्यहाँ द्वन्द्वका कारण १,१०,००० भन्दा बढीले ज्यान गुमाएको बताइएको छ। अनि लाखौँ मानिस भोकमरीको सिकार तथा कोभिड–१९ महामारीले यमनको अवस्था झन् कमजोर बनाइदिएको छ।