मुलुक डेस्क ,

वर्ष :०३ | अंक : २१ | माघ २०७७,

काठमाडौंदेखि सय कि.मि.को दुरीमा रहेको रामेछापको मन्थली नगरपालिका ३ स्थित साविकको कठजोर गाँउ आफैमा ऐतिहासिक विरासत भएको ठाँउ हो । राजनैतिक, आर्थिक र शैक्षिक तथा सामाजिक चेतनाले परापूर्वकालदेखि नै सचेत एवं सम्पन्न कठजोर पञ्चायतकालदेखि पञ्चायत विरोधि गाँउको नाममा ख्याति कमाएको ठाँउ हो । राजा र राजतन्त्रको प्रत्यक्ष शासनकालमा पनि विरोधि छवि बनाएको यो ठाँउ प्रजातन्त्रका लागि उर्वर भूमि बन्दै आएको छ ।

काँग्रेसले चलाएको सशस्त्र आन्दोलनका पूर्व कमाण्डर पदम शंकर अधिकारी लगायत आन्दोलनका योद्धादय मोतीलाल श्रेष्ठ र किर्तिमान श्रेष्ठ यसै ठाँउका वीर सपुतहरु थिए । तत्कालिन पूर्व २ नं. मध्ये रामेछाप नेपाली राजनीतिमा अहम भुमिका खेल्दै आएको छ । नेपाली काँग्रेसको मूलधारको कार्यकर्ता र नेताले नेपाल कम्युनिष्ट पार्टीको ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध वडा स्तरिय विरोध प्रर्दशन गरेका छन् । ऐतिहासिक कालमा नेपालको पूर्व २ नं. निल्पुङ मध्ये कठजोर भनेर चिनिने ठाँउ हाल रामेछापको मन्थली नं. ३ भनेर चिनिन्छ, जुन ठाँउले त्यसवेलाको नेपाली काँग्रेसको विरासत अहिले सम्म पनि धानी रहेको छ ।

नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध नेपाली कांग्रेसको केन्द्रिय नीति बमोजिम घोषणा गरीएको वडास्तरिय विरोध कार्यक्रम रामेछापको मन्थली नगरपालिका–३ हाँडिस्वाँरामा २०७७ माघ ८ गते सम्पन्न भयो । उक्त कार्यक्रमको सभापतित्व कमल के.सी.ले गरेका थिए भने प्रमुख आतिथ्यता नेपाली कांग्रेस जिल्ला कार्य समितिका सदस्य एवं केपीए अध्यक्ष घननारायण श्रेष्ठ (घनश्याम) ले गरेका थिए । त्यसै गरी कार्यक्रमको विशिस्ट अतिथिमा मन्थली न.पा.का नगर सभापति तथा वडा न. ३ का अध्यक्ष केशव कुमार रोकाले गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रत्यासी नारायण बहादुर बोगटी, क्षेत्रीय सदस्य आकाश भट्टराईले आफ्नो भनाईहरु राख्नुभएको थिए । प्रमुख अतिथि श्रेष्ठले संविधानमा नै उल्लेख नभएको प्रतिनिधि सभा विघटन गर्ने कुरा कम्युनिष्टवादीको सत्ता हो । जहाँ बाहुबल, बन्दुकका गोली र बोलीका गोलीले मात्र सम्भव हुन सक्छ, संविधानतः यो सम्भव छैन भन्नु हुँदै कुनैपनि चीजको व्याख्या दार्सनीक, बीचारक र ज्ञानीहरुले परीभाषित गरेभन्दा ठ्याक्कै उल्टो व्याख्या कसैले गर्छ भने त्यो कम्युनिष्टले मात्र गर्छ । सत्ता र शक्तिमा टिकीराख्नको लागि जनतामाझ काल्पनिक भ्रम फैलाउनु उनीहरुको बिशेषता नै हो, तर यो २१ओै शताब्दिमा सम्भव छैन भन्दै कम्युनिष्ट सरकारको आलोचना गर्नुभएको थिए । कार्यक्रम रामेछाप जेसिसका पूर्व अध्यक्ष राजकुमार के.सीले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *