मुलकु डेस्क,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७,

जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वीरगंजको विस्वा होटलमा १३ औं साधारणसभा सम्पन्न गरेको छ। वीरगंजको अग्रणी वित्तिय संस्थामा पर्न सफल यो सहकारीले सभामार्फत आ.व. २०७६÷०७७ को आर्थिक खर्च एवं कार्यको प्रगती विवरण प्रस्तुत गर्दै पारित समेत गरेका छन्। यो वर्षको शेयर पूँजी १ करोड ८ लाख ५ हजार र वचत तथा निक्षेपतर्फ करिब १ करोड पूँजी तथा दायित्व रहेको जानकारी संस्थाका अध्यक्ष नगनारायण सिंहले बताए। उनले आँउदो दिनमा अझ बढी लगानी गर्दै ग्राहक र शेयरधनीलाई आकर्षित गर्ने योजना रहेको समेत जनाए।

Leave a Reply

Your email address will not be published.