मुलुक डेस्क,

वर्ष‌‌‌‌‌‌ : ०३ | अङ्कः २० | मंसिर/पौष २०७७,

राजधानीमा पौषको कठयाङ्गग्रिदो जाडोमा आन्दोलनरत उँखु किसान नारायण राव यादवको मृत्यु भएको छ। बक्यौता रकमका लागि लड्दालड्दै सर्लाही धनकौल छोटवल निवासी यादव पौष १४ गते शहीद गंगालाल हृदय रोग केन्द्र अस्पतालमा आफ्नो अन्तिम सास लिएका थिए। यादव बक्याताका लागि १६ दिनसम्म माइतीघर आन्दोलनमा सक्रिय थिए। सरकारले २१ दिनभित्र बक्यौता भुक्तानी गराउने प्रतिवद्धता जनाएको भोलिपल्ट ६५ वर्षिय यादवको मृत्यु भएको हो। चिनी मिल मालिकबाट २४ लाख रुपैया उठाउन बाँकी थियो भने देशभरका उँखु किसानले चिनी उद्योगबाट लिनु पर्ने रकम ९० करोड रहेको छ। चिनी मिल मालिक र सरकारको सम्झौता प्रति यादव असन्तुष्ट रहेका थिए।

सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको बताए । ‘किसानले दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको हो, प्रजिअ पौडेलले भने, ‘अन्नपूर्णले किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published.