मुलुक डेस्क,
वर्ष : ०३ | अङ्कः २० | मंसिर/पौष २०७७,
ऐतिहासिक धार्मिक पर्यटकिय नगरी जनकपुरधाम आधुनिक टर्मिनल भवनको निर्माण रु. ५० करोडको लागतमा भएको छ। निर्माण शुरु भएको ८ वर्ष पछि जनकपुर विमानस्थलमा नयाँ र आधुनिक टर्मिनल भवन तयार भएको हो। दुई वर्षमा निर्माण भइसक्नु पर्ने भवन नागरिक उड्डयन प्राधिकरणको हेलचेक्रई र निर्माण कम्पनीको लापरवाहीका कारण आठ वर्षमा सम्पन्न भएको छ। पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगश भट्टराई र जसपा वरिष्ठ नेता राजेन्द्र महतोले उक्त भवनको विधिवत उद्घाटन गरेका थिए।
मंसिर २३ गते देखि संचालनमा आएको आधुनिक टर्मिनल भवनबाट यात्रुले खानेपानी, पार्किङ्ग लगायतको सेवा सहज पाएका छन्। वि.सं. २०२४ सालदेखि संचालनमा आएको यो विमानस्थलमा त्यतिबेला सहयोगमा निर्माण भएको हो। क्षेत्रिय मार्ग फराकिलो र कालोपत्रे, पार्किङ्ग स्थल, बारुणयन्त्र, एक्सरे मेसिन लगायत रात्रीकालिन उडानको समेत व्यवस्था मिलाइएको छ।