सुजीतकुमार झा,
वर्ष: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७,
आफ्ना घर अगाडि सबैले एकजना मैथिली साहित्यकारको फोटो राखेका थिए। कुर्सीमा एउटा तन्ना राखी त्यसमा फोटो त्यसको अगाडी आँपको पल्लव र लोटामा पानी। फेरी यस्ता एक दूई घरमा मात्रै नभई यसप्रकार सयौ घर अगाडी राखिएको थियोे।
महोत्तरीको बनौलीमा एकसाता अघि मैथिली भाषाका महाकवि विद्यापति डिह(घडेरी)को शिलान्यास गरिएको छ। सोही दिन सयप्रकारको श्रद्धा स्थानीय व्यक्तिले प्रकट गरेका थिए। सबैले विद्यापतिकै फोटो राखेका थिए। साहित्यकारो यस्तोे सम्मान बिरलै पाईन्छ जनक हजारी विद्यापीठका प्राध्यापक रुद्रकुमार झाले वताए। यस्तो गर्न कसैले उर्दी जारी गरेको थिएन स्वस्र्फूत भएको बनौली गाउँमा रहेका पत्रकार बबलु चौधरीले वताए।

विद्यापतिको जन्म १३४० ईस्वी देखि १३७५ ईस्वीको मध्यमा भएको बताइन्छ। मैथिली भाषाका महाकवि विद्यापतिको डिह(घडेरी) स्थल महोत्तरीको बनौली गाउँमा प्रदेश सरकारले १२ करोड रुपैयाँको लागतमा सौन्दर्यीकरण योजना सुरु गरेको छ। सो स्थलमा विद्यापति १२ बर्षसम्म बसेको बताइएको छ। सो क्रममा उहाँले महत्वपूर्ण रचनाहरु गरेका थिए।
मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत प्रादेशीक गौरवको योजनाका रुपमा बनौलीस्थित विद्यापति डिह र सोही ठाउँमा रहेको लक्ष्मी सागर पोखरीलाई पर्यटकीयस्थल बनाउन लागिएको हो।
१२ करोड ७२ लाख लागत अनुमान गरिएको तीन वर्षीय योजना प्रारम्भिक चरणमा ८ करोडमा ठेकेदारसँग सम्झौता भएर भव्य समारोहबीच मुख्यमन्त्री लालबाबु राउतबाट शिलान्यास गरेका थिए। योजना विद्यापतिले १२ वर्षसम्म प्रवास गरेको स्थान (डिह) मा संग्राहलय निर्माण गरिने र त्यसमा कवि कोकिलहद्वारा रचित रचना र कृतिलाई संरक्षित गरिने स्वच्छता अभियानका संयोजक डिभिजन इन्जिनियर भगवान झाले जानकारी दिए।
यसका साथै डिहसँगै रहेको पोखरीमा चारैतिर घाट बनाएर त्यसलाई संस्कृति प्रवद्र्धनका लागि छठ घाटको रुपमा प्रयोग गर्ने, विद्यापतिको स्मारिका निर्माण, बालवाटिका निर्माण र सुविधा सम्पन्न सभाकक्ष र शौचालयको निर्माण कार्य गरिने योजना रहेको छ।

इतिहासकारका अनुसार हालको बनौलीगाउँ १५ हौं शताब्दीमा राजबनौलीको रुपमा रहेको थियो। सो बेलामिथिलामय गजरथपुर राज्यका राजाशिव सिंहमाथि शत्रुहरुले आक्रमण गर्दा राज पण्डित एवं कवि विद्यापति ठाकुरलाई रानी लखिमाको सुरक्षाको जिम्मेवारी दिइयो। उनी रानीलाई लिएर बनौली गाउँमा आश्रय लिए।
विद्यापति सम्बन्धि अनुसन्धान गरेका जनक हजारी विद्यापीठ जनकपुरधामका प्राध्यापक रुद्रकुमार झाले भने मैथिली भाषीहरुका लागि मात्रै होइन लेखकहरुका लागि यो तीर्थस्थल नै रहेको छ। पर्यटकीय स्थलका रुपमा पनि यो विकास गरिदै छ। हामी यो गाउँपालिकालाई विद्यापति गाउँपालिका राख्न सरकारलाई सुझाब दिएको स्थानीय बुद्धिजिवी भगवान मिश्रले वताए। निकै पौराणिक र ऐतिहासिकस्थल भए पनि विद्यापति डिह संरक्षण र संवद्र्धन हुन नसक्दा ओझेलमा परेको थियो। तर, प्रदेश सरकारले यसलाई स्वच्छता अभियानमा राखेर यसको ऐतिहासिकतालाई जोगाउने सानो प्रयास मात्रै गरेको मुख्य मन्त्री लालबाबु राउतले बताएका छन्।

राजदरबारका पण्डित कवि विद्यापति राजाका आज्ञानुकुल कर्तव्यनिष्ठ भएर रानीको सुरक्षामा लागेका कविले सो बेला श्रीमद्भागवत वाचन गरेर रानीलाई सुनाउथे। बनौलीमा भएकै बेला विद्यापतिले ताम्रपत्रमा मिथिला अक्षरमा भागवत उल्था गरेर लेखेका थिए। सो ताम्रपत्रपछि भारत सरकारद्वारा आफू अधिन लिएर दरभंगाको संग्रहालयमा राखियो।
बनौलीबाटै विद्यापतिले लिखनावली र दुर्गा भक्ति तरंगिनी पुस्तकको रचना गरेका थिए। सोही लिखनावलीको आधारमा मल्लकालमा प्रशासनिक कार्य संचालित हुन्थ्यो।