मुलुक डेस्क,
वर्ष : ०३ | अकं : २० | मंसिर/पौष २०७७,
कोइलाडी गाँउ सप्तरीमा नभई राष्ट्रकै उच्च गरिमा राख्ने गाँउमा पर्दछ । शिक्षाप्रेमी, उद्यमी, जन्मीदार एवं राजनेता जन्मेको यो गाँउमा भने विकासले भर्खर तिब्रता लिदैछ । सोही क्रममा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ४ कोइलाडीमा निर्माण गरिने पक्की पुलको सोमबार एक कार्यक्रमबीच राष्ट्रिय सभाका सदस्य शेखरकुमार सिंहले शिलान्यास गरेका छन् ।
सप्तरीको अग्रणी गाँउपालिका मध्ये तिलाठी कोइलाडीमा बदँलीदो परिवेश एवं जनताको मर्म र सुबिधालाई ध्यानमा राखि यस पालिकामा बृहत्तर विकासका योजनाहरु धमाधम भइरहेको पालिका अध्यक्ष सतिश कुमार सिंह को भनाई छ। बाटो, पुल, शिक्षा, स्वास्थ्य र उद्योग लगायत अनेकन क्षेत्रमा उल्लेख्य प्रगति गर्दै जाने लक्ष्य रहेको बताउँछन् अध्यक्ष सिंह । यसै क्रममा जिर्ण काठेपुललाई विस्थापित गर्दै नयाँ पक्कीपुल निर्माण यही आँउदो अर्धिक मसान्तसम्म हुने जानकारी पनि गराए।
पूर्वाधार विकास कार्यालयद्वारा टेण्डर गरिएको उक्त पुलको कूल लागत १ करोड ७७ लाख ४० हजार ६ सय रुपैयाँ रहेको छ । पुल निर्माणमा लाग्ने खर्च संघिय सरकारले दिएको हो । उक्त पुलको लम्बाई २१ मिटर र चौडाई ६ मिटर रहेको छ । धरानको सूर्या एण्ड सन्स प्रा.लि.ले उक्त पुल निर्माणको ठेक्का पाएको हो ।