रिया शाक्य,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः २० | मंसिर/पौष २०७७,

ललितपुरको वाग्मती गाउँपालिकाको बुखेलमा अवस्थित ओखरभज्याङ आधारभूत विद्यालयमा ३१ जना विद्यार्थीलाई स्वेटर, टोपी तथा मोजा बितरण गरिएको छ। गत पौष ६ गते वल्र्ड नेवा अर्गनाइजेशन र वल्र्ड नेवा मिशा कवः को आयोजना तथा योङ पिकासो को समन्वय र सहयात्रा संस्थाको सहकार्यमा ‘वार्म क्लोथ फर स्कुल स्टुडेन्ट’ कार्यक्रम सम्पन्न भएको हो।

विद्यालयका प्रधानाध्यापक राजु तिमल्सिनाका अनुसारयो जाडोमा मेरो विद्यालयका बालबच्चाको दैनिकी सहज बनाउन केही न्यानो कपडा दिदा साना नानि बाबुहरु लाइ चिसोबाट बच्न केही फरक पर्छ की भन्ने मेरो सोचलाई साकार बनाउन केही दिनअघि बाटोमा भेटेको पुरानो मित्र चित्रकार अजय देशारसँगको भेटले आजका दिन ३१ जना बालबच्चाले न्यायो कपडा पायो। २०५६ सालमा बज्रबाराहीबाट एसएलसी दिएका हामी २१ बर्षपछि बाटोमा हिडेदै गर्दाको एक्कासी भेटले मेरा विद्यालयको बच्चालाई सहयोग भयो।

सहयात्रा का निबर्तमान अध्यक्ष बाल मुकुन्द आचार्यका अनुसार, शरीरमा पोलिष्टर सर्ट मात्र लगाएर आएका विद्यार्थीको जमातमा जाडोले ठुकठुक कामेर बसेको देख्दा साह्रै दुख लाग्यो र बाल बालिकाहरु कति त भोकै आएका थिए। यसरी बाल बालिका हरुलाइ दिएको न्यानो कपडाले साना कलिला मुना हरुमा उर्जा थपिएको छ। गाउँ–गाउँमा धेरै समस्या छन र धेरै समस्या हुदा हुदै पनि जाडोमा न्यानो लुगा दिनु पाउनु खुसिको कुरा हो । आगामि दिनहरुमा पनि न्यानो कपडा लगायत अरु सक्ने सहयोग गर्ने वल्र्ड नेवा अर्गनाइजेशनका अध्यक्ष सिजन श्रेष्ठले बताए।

न्यानो कपडा वितरण गर्दा सानो सानो रकम उठाएर कार्यक्रम सम्पन्न गरिएको चित्रकार अजय देशारले बताए। सहयोगदाताहरु रजनी प्रधान, हेम कुमारी मानन्धर, मैया कायस्थ, भुपाल कायस्थ, अञ्जना ताम्राकार तथा बाल्टिमोर निवासी नेन्सी साइमेनले सहयोग गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *