‘पहिलो संविधानसभा चुनावमा रौतहट क्षेत्र नं. १ बाट स्वतन्त्र निर्वाचित पूर्व सभासद (सांसद) बाहुबली बबन सिंह नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । स्पष्ट, निडर र लोकप्रिय नेता बबन सिंह मधेश जनआन्दोलनका प्रमुख अगुवामध्ये एक हुन् । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य सिंह जसपा नेताहरुको ब्यवसायिक राजनैतिक चरित्र र अहमताका कारण पार्टी परित्याग गरेको बताउँछन् ।’

केशव के.सी. । काठमाडौं,

वर्ष‌‌‌‌‌:| ०३ अङ्कः २० | मंसिर/पौष २०७७,

‘पहिलो संविधानसभा चुनावमा रौतहट क्षेत्र नं. १ बाट स्वतन्त्र निर्वाचित पूर्व सभासद (सांसद) बाहुबली बबन सिंह नेकपा ओली समूहमा प्रवेश गरेका हुन् । स्पष्ट, निडर र लोकप्रिय नेता बबन सिंह मधेश जनआन्दोलनका प्रमुख अगुवामध्ये एक हुन् । जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य सिंह जसपा नेताहरुको ब्यवसायिक राजनैतिक चरित्र र अहमताका कारण पार्टी परित्याग गरेको बताउँछन् ।’

जसपाका केन्द्रिय सदस्य एवं पूर्व सांसद बबन सिंह पार्टी परित्याग गर्दै नेपाल कम्युनिष्ट पार्टी ओली समुहमा सामेल भएका हुन् । पहिलो संविधानसभा चुनावमा रौतहट क्षेत्र नं. १ बाट निर्वाचित सिंहलाई गरुडाको विशाल जनसभामा सहरी विकास मन्त्री प्रभु साहले माला लगाई नेकपा पार्टीमा प्रवेश गराएका थिए । हजारौंको संख्यामा उपस्थित विशाल जनसमुदायको बीचमा पूर्व सांसद सिंहलगायत स्वस्फूर्त कयौं नेता र कार्यकर्ताले आ–आफ्नो पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन् ।

को हुन् बबन सिंह ?

नामै काफी छ, नेपालभरी तथा भारतको बिहार र यूपी राज्यको सीमावर्ती क्षेत्रका लागि – बबन सिंह । बाहुबली अर्थात दबंग छविले रंगिएका नेता हुन् सिंह । २०६४ सालको चुनावमा प्रत्यक्षरुपमा प्रचार प्रसारमा भाग नलिइकनै रौतहट क्षेत्र नं. १ बाट निर्वाचित हुन् सफल भएका थिए । नेपालको चुनावी इतिहासमा पहिलोपटक भुमिगत रहेर पनि चुनाव जित्नु सिंहको परिचयको पर्याय बन्न पुग्यो ।

रौतहट, सर्लाहीलगायत बिहार, युपीको सीमावर्ती क्षेत्रमा युवा अवस्थामै आपराधिक छविका कारण उनी डनको रुपमा समाजमा आफ्नो छुटै पहिचान राखेका थिए । उनी तत्कालिन अवस्थामा दुवै देशका प्रहरी प्रशासन लागि वान्टेड थिए । ब्रम्हपुरी (राजदेवी नगरपालिका) रौतहट निवासी सिंह सानैदेखि अध्ययनमा अब्बल थिए । क्षत्रिय राजपुत कूलमा जन्मेका माता सुशिला देवी र पिता जगन्नाथ सिंहका चार सन्तानमध्ये सिंह सबभन्दा सानो (कान्छा) हुन् । ३० वर्षको उमेरमा पहिलो संविधानसभा सदस्यको रुपमा निर्वाचित सिंह हाल ४३ वर्षका छन् । क्रिमिनल सिंह अचानक नेता सिंहमा परिवर्तन भएका छन् । गाँउ समाजको सुरक्षार्थ सानैमा हथियार उठाउन बाध्य सिंहले आई.ए. सम्मका अध्ययन गरेका छन् ।

मधेश आन्दोलनमा जर्बदस्त भुमिका निर्वाह गरेका नेता सिंह तत्पश्चातका निर्वाचनमा हार ब्यहोर्नु परेको छ । पहिलो संविधानसभा बाट निर्वाचित सिंह त्यसबेला संसदीय सुनुवाई समिति र विधान समितिका सदस्य समेत रहेका थिए । राजनीतिक यात्राको क्रममा आरोह–अवरोह पार गर्दै नेता सिंह अन्ततः नेकपा ओली समुहमा आफ्नो खुट्टा अडयाएका हुन् । स्वतन्त्र, तमलोपा, फोरम हुँदैं नेकपालई आफ्नो गन्तब्य बनाएका सिंहको राजनीतिक टर्न र ग्राफ के हुने हो हेर्न बाँकी छ ? आतंक र अत्याचारलाई नजिकबाट नियाँलेका सिंह विगतका वर्षमा यसको खुलेर विरोध गर्दै आएका छन् । संस्दको रोष्ट्रमबाट तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई समेत स्पष्ट, ठाडो र खुल्ला भाषामा आरोप लगाउँदै चुनौती दिन पनि चुकेनन् ! संसदको सपथग्रहण पनि रहस्यमय तरिकाले गरेका नेता सिंहमाथि गौर हत्याकाण्ड, काठमाडौं बम ब्लाष्ट लगायतको दाग नलागेको होइन् ? यद्यपी जनतामाझ लोकप्रिय एवं स्पष्ट नेताको रुपमा आफ्नो छवी कायम राख्न सफल भएको स्थानिय रुपक वर्माले बताए ।

देशभरी नै आफ्नो नामको झण्डा गाडन् सफल नेता सिंह पुनः रौतहटबाट आँउदो निर्वाचनमा निर्वाचित भई संसदमा निर्धक्क बोलेको हेर्ने चाहना रहेको उनको शुभचिन्तक काठमाडौंवासी लक्ष्मण मास्केको भनाइ रहेको छ । राजनीतिक पृष्ठभुमिबाटै हुर्किएका नेता सिंहका धर्मपत्नी अंशु सिंह राजदेवी नगरपालिकाका उप–मेयर हुन् । समाज र देशको उत्थानका लागि अन्तिम घडीसम्म राजनीतिमै रहेर सेवा गर्ने तथा भ्रष्टाचारी एवं अपराधीलाई दण्डको दायरामा ल्याउने संकल्प रहेको बताँउछन् नेता बबन सिंह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *