मुलुक डेस्क,

वर्ष : ०३ | अङ्क : २० | मंसिर/पौष २०७७,

नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२औं बैठकले यस बैंकको आ.व. २०७६÷७७ को मुनाफामध्येबाट शेयरधनीलाई कर सहितको कुल ३५.२६% लाभांश (३३.५% बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३.५ कित्तातथा कर प्रयोजनको निमित्त १.७६% नगदलाभांश) वितरण गर्ने निर्णय गरेको छ। उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिनेछ।

बैंकले आ.व. २०७६÷७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ। बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३८ अर्ब पुर्याएको छ। बैंकको संचालन मुनाफारु. ५ अर्ब ९ करोड रहेको छ। आ.व. २०७५/७६ मा वित्तीय क्षेत्रबाट ठूला करदाताहरु मध्ये सबैभन्दा बढी आयकर बुझाउन सफल बैंकको रुपमा नबिल बैंक स्थापित भएको छ। यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संग संगै अघि बढ्ने विश्वास राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *