केशव के.सी.

वर्ष :०३ | अकं : २१ | पौष २०७७,

नेपाल सहकारी संस्था लिमिटेडले २५ औं वार्षिक उत्सव मनाएको छ । वि.सं. २०५१ सालमा स्थापना भएको नेपाल सहकारी संस्थाले २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ‘जनताको आर्थिक निकास, सहकारितको विकास’ भन्ने नाराका साथ संस्थाले रजत महोत्सव मनाएको छ । कोभिड महामारीको संत्रासमा पनि शेयरधनी, संचालक, कर्मचारी एवं ग्राहकहरुको मनोबललाई उच्च राख्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्दै सिमित व्यक्तित्वहरुको बिचमा संस्थाले पौष ११ गते साधारण सभा सम्पन्न गरेको छ ।

काठमाडौंको बागबजारमा अवस्थित यस संस्थाको २५ औं वार्षिक साधारण सभामा आ.व.०७६/०७७ मा श्रोत तर्फ शेयर पूँजी रु.२ करोड ८० लाख र निक्षेप तर्फ करिब रु.२ करोड ८७ लाख संकलन भएकोमा ३ करोड २६ लाख ३५ हजार लगानी भएको व्यहोरा संस्थाका कार्यकारी अध्यक्ष राकेश कुमार सिंहले जानकारी गराएका थिए । यसैगरी आ.व.०७७/०७८ मा हालको शेयर पूँजीमा कम्तीमा रु.१ करोड बृद्धि गर्ने लक्ष्य रहेको बताए । विभिन्न कार्यक्रम मार्फत निक्षेपतर्फ कम्तीमा रु.८ करोड ५० लाख ५० हजार संकलन, रु. १० करोड ऋण प्रवाह तथा असुलीतर्फ करिब रु.५ करोड ५० लाख ५० हजार लक्ष्य रहेको समेत सिंहले जानकारी गराए ।

कूल अधिकृत पूँजी रु.१० करोड रहेको यस संस्थामा संचालक समितिमा ७ जना, लेखामा ३ जना, व्यवस्थापनमा ३ जना लगायत कर्मचारी शेयरधनी र हजारौं ग्राहक रहेको छ । संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले भविष्यमा तालिम र अन्य कार्यक्रमको संचालको सोच रहेको तथा निकट भविष्यमा पाटन ललितपुरमा र भक्तपुरमा समेत शाखा खोली ग्राहकलाई सेवा पुर्याउने लक्ष्य रहेको बताउँछन् संचालक समिति सदस्य ई.विजय कुमार सिंह ।

समय अनुकुल आवश्यक सुधार गर्दे डिजिटल प्लेटफर्म मार्फत अझ सशक्त रुपमा सेवा प्रदान गर्ने लक्ष्य रहेको तथा थप नयाँ तरिका मार्फत ग्राहक एवं शेयरधनीलाई आर्कर्षित पार्ने योजना तृर्जमा गर्ने तरखर रहेको बताउँछन अध्यक्ष सिंह । देशव्यापी रकम पठाउने भरपर्दो माध्यम तथा संसारको जुनसुकै स्थानबाट पठाएको रकम संस्थाबाट तत्काल भुक्तानी लिन प्रभु मनि ट्रान्सफर सेवा समेत संचालनमा रहेको छ । फेसबुक पेज मार्फत समेत ग्राहकसम्म जोडिएको यस संस्थाले तत्कालै वेवसाइट पनि लिंक गर्ने योजनामा रहेको छ ।

विश्वासिलो, भरपर्दो र छिटो छरितो तवरले ग्राहकको मन जित्न सफल रहदैं आएको यस संस्थाले आँउदो दिनमा अझ सशक्त तवरले बजारमा आफ्नो उपस्थिती जनाउनेछ भन्नेमा विश्वस्त देखिन्छन् संस्थाका नायव महाप्रबन्धक मिठुलाल चौधरी । यसैगरी लेखामार्फत हिसाबको पार्दशितामा हालसम्म संस्थाले ढुक्कको वातावरण बनाउन सफल रहेको बताइन संस्थाकै वरिष्ठ लेखा अधिकृत अनुपमा राणा (शाह) । संस्था सफल हुनमा पार्दशिता संगै ग्राहकसंगको मधुर व्यवहार, कर्मचारीको सफल समन्वयन एवं समष्टिगत व्यवस्थापनले महत्वपूर्ण योगदान गर्ने बताउँछिन् प्रशासन अधिकृत पुष्पा के.सी. (रायमाझी) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *