वर्ष : ०३ | अङ्क : २० | मंसिर २०७७,

विश्वनै हल्लायो कोरोनाले
विश्वनै आतंकित बनायो कोरोनाले ।
गरिब दुखी जन्ताको घरबासनै उठायो कोरोनाले
आफ्नोलाइ पराइ बनायो कोरोनाले ।।

परदेसिलाइ बिरानो बनायो कोरोनाले
सबैलाइ रुवायो कोरोनाले ।
लकडाउन नै लगाउने अवस्था बनायो कोरोनाले
विश्वनै आपत्कालको घोषणा गर्ने अवस्था बनायो कोरोनाले ।।

शहर देखि गाँउलाई नै ठेगान लगायो कोरोनाले
देशको अर्थतन्त्रलाई घाटामा पुर्यायो कोरोनाले ।
लासको ब्यवस्थापन गर्न नसकिने अवस्था बनायो कोरोनाल
तेस्रो विश्वयुध नै निम्त्यायो कोरोनाले ।।

रचना – रमेश लुइँटेल

Leave a Reply

Your email address will not be published.