मुलुक डेस्क,
वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७
विश्वप्रसिद्ध भारतीय मसाला कम्पनी एमडीएचका मालिक एवं मोडल धर्मपालको ९७ वर्षको उमेरमा निधन
एमडीएचका फाउडंर एवं मसाला किगंको नामले प्रसिद्ध भारतीय व्यापारी महशय धर्मपाल गुलाटीको ९७ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । पद्म भूषण सम्मानित धर्मपालको जन्म २७ मार्च १९२३ मा भएको थियो । कोभिड–१९ संक्रमण पश्चात उपचारकै क्रममा दिल्लीस्थित अस्पतालमा उनको निधन भएको थियो ।
मसाला कम्पनी महाशियां दी हट्टी (एमडीएच) का संस्थापक उनका दिवंगत पिता महाशय चुन्नीलाल गुलाटी थिए । धर्मपाल गुलाटीले आफ्नो अथक मेहनत, इमान्दारी र निरन्तराको प्रयासले यस ब्रान्डलाई घरघरमा लोकप्रिय बनाउन सफल भएका थिए । तांगाबाट शुरुवात गरेका धर्मपालले व्यवसायको जगतमा एमडीएचलाई आइकोनिक पहिचानको रुपमा स्थापित गराएका थिए । विज्ञापनको जगतलाई समेत चुनैती दिदैं आफै एक सफल सेलिब्रेटीको रुपमा एमडीएच मसालाका ब्रान्ड फेश बन्न सफल रहें ।
सन् १९३३ मा पाँच कक्षाको पढाई पुरा गरी छाडेका उनी १९३७ मा पिताको व्यापारमा सघाउन थाले । भारत–पाकिस्तान विभाजन पश्चात दिल्ली आँउदा जम्मा १५ सय रुपैया लिएर आएका उनले ६५० रुपैया एउटा तांगा किनेर नई दिल्ली रेलवे स्टेशन देखि कुतुब रोड सम्म चलाउन गर्दथे । केही समयपश्चात उनले त्यो तांगा आफ्ना भाइलाई दिएर करोलबागको अजमल खां रोडमा सानो पसल खोली एमडीएच नामले मसाला बेच्न थाले । सानो पूंजीबाट शुरुवात गरेका उनले दिल्लीको अनेकौं ठाँउमा आफ्नो पसल खोली व्यापार गर्न थालेका थिए । लोकप्रियताको चुली चढदै गएपछि उनले दिल्ली स्थित कीर्तिनगरमा पहिलो मसाला फैक्ट्री लगाएर उत्पादन थालेका थिए । करिब दुई हजार करोडको ब्रान्ड एमडीएचको भारत र दुबईमा गरी १८ फैक्ट्री छ । झण्डै ६२ उत्पादन सहित यस ब्रान्डले बजारमा धुम मच्चाइ रहेको छ । संसारकै सर्वाधिक उमेरका ऐड स्टार धर्मपाल आफ्नो कम्पनीका विज्ञापन आफै गर्दथे ।
व्यापारसंगै सामाजिक सेवामा पनि उत्तिनै सक्रिय र सफल ब्यक्तित्वका धनि धर्मपाल कयैन स्कूल, अस्पताल र सार्वजनिक धर्मशाला समेत बनाउनमा सहयोग गरेका थिए । समाजको चौतर्फी हितका लागि लोकप्रिय उद्यमी धर्मपालका दुई पुत्र र छ पुत्री छन् भने पत्नी लीलावन्तीको निधन भैसकेको छ । समाज, पविार, देश र अन्र्ताराष्ट्रिय जगतकै लागि प्रेरणादायी व्यक्तित्व धर्मपालको निधनमा भारतीय जनतादेखि राष्ट्रपति लगायत विश्व जगतनै मर्माहत बनेको छ ।