रामअधार साह – मनरा
वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७
‘मनराशिसवा नगरपालिकामा १५ शैया अस्पतालको भवन निर्माणका लागि आवस्यक १२ कठ्ठा जग्गा नगरका मेयर संजयकुमार सिंह र उनका दाजु उदयकुमार सिंहले दानस्वरुप प्रदान गरेका छन् । उक्त जग्ग मनरा वडा नं. छ (क), कित्ता नं. १०४ रहेको छ, जुन हलाकी राजमार्ग अन्तर्गत मनरा नगर प्रवेश गर्ने सुरुवातमै रहेको छ ।
स्वास्थ्य तथा जनसंख्यन मन्त्रालय अन्तर्गत ‘जनस्वास्थ्य ऐन २०७५’ र ‘राष्ट्रिय स्वास्थ्य नीति २०७६’ अनुसार उपचार सेवा सर्व सुलभ गराउन गाँउ–गाँउमा सबै वडामा एक आधारभूत स्वास्थ्य केन्द्र र ७५३ पालिकामा ‘५ देखि १५ बेडसम्मको प्राथमिक अस्पताल तथा प्रदेश मातहतमा ५० देखि २०० बेडसम्मको विशेषज्ञ अस्पताल निर्माण वा स्तरउन्नति कार्यक्रम अन्तर्गत मनराशिसवा नगरपालिकामा पनि १५ शैयाको अस्पताल निर्माणको आज शिलान्यास भएको छ ।
मनरा नगरपालिका अन्तर्गत करिब १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माणका लागि शिलान्यास भएको छ । उक्त अस्पताल निर्माणका लागि पर्ने आवस्यक १२ कठ्ठा जग्गा नगरपालिकाका मेयर संजयकुमार सिंह र उनका दाजु उदयकुमार सिंहले संयुक्तरुपमा दान गरेका छन् । उक्त जग्ग मनरा वडा नं. छ (क), कित्ता नं. १०४ रहेको छ, जुन हलाकी राजमार्ग अन्तर्गत मनरा नगर प्रवेश गर्ने सुरुवातमै रहेको छ । मेयरलगायत उनका परिवारद्वारा संयुक्तरुपमा भवनको शिलान्यास गरिएको छ । शिक्षा र स्वास्थ्यप्रति पहिलैदेखि योगदान गर्दै आएको यस परिवारका पूर्वजले मनरा नगरपालिकास्थित वि.सं. २००२ सालमा स्थापित दुर्गा मा.वि.मा समेत जग्गा दान गरेका थिए ।
विकासप्रेमी शालिन र जमिन्दार मेयरको यस कार्यप्रति नगरवासीले खुलेर प्रशंसा एवं कदर गरेका छन् । आगामी दिनमा पनि यस्तैखाले प्रशंसनिय र उदाहरणीय कार्य गर्दै जानेमा विश्वस्त रहेका बताउँछन् – मेयर संजयकुमार सिंह । आफ्नै कार्यकालमा अर्थात आँउदो २ वर्ष भित्र अस्पतालको साढे दुई तल्ले भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताउँछन् मेयर सिंह । विकास निर्माणको अन्य कार्यसंगै नगरपालिकाको कार्यलय भवन, दुर्गा मा. विद्यालयको गेट, नगर प्रवेशद्वार (गेट), सडक लगायतको प्राथमिकताका कार्य यही आँउदो २ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बताँछन् । अस्पताल भवन शिलान्यासको क्रममा नेता, कार्यकर्ता र नगरवासीको बाक्लो उपस्थिती रहेको थियो । साथै कार्यक्रममा अतिथीको रुपमा पूर्व केन्द्रिय स्वास्थ्य राज्यमन्त्री तथा सांसद डा. सुरेन्द्र यादव, नेता सुनिल रोहित, प्रदेशसभा सांसदद्वय सरोज कुशवाहा र रानी शर्मा तिवारी लगायत अन्यको उपस्थिती रहेको थियो ।