रामअधार साह – मनरा

वर्ष : ०३ | अङ्कः २० | मंसिर २०७७

डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्ग दिवस अन्य वर्ष झैं यस वर्ष पनि विश्वभर विभिन्न कार्यक्रम सहित मनाइयो । नेपालमा २९ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस यस वर्ष प्रदेश गाँउ, शहर र राजधानीमा भौतिक दुरीलाई ध्यानमा राख्दै (कोभिड–१९ का कारण) सम्पन्न गरियो । यसै अवसरमा महोत्तरीको मनरा शिसवा नगरपालिकाले ४३ थान व्हिल चेयर निःशुल्क वितरण गरेको छ ।

नगरपालिकाको वडा नं. १ स्थित दुर्गा मा.वि. का प्राङ्गनमा मेयर संजयकुमार सिंहद्वारा ४३ थान व्हिल चेयर निःशुल्क वितरण गरिएको छ । विद्यालयकै पूर्व प्रधानाध्यापक चन्देश्वरप्रसाद सिंहलाई कार्यक्रममा सम्मानका साथ दोसल्ला ओढाई व्हिल चेयर प्रदान गरिएको थियो । दशवटा वडा रहेको यस नगरपालिकाको वडा नं. १ मा ३ थान, वडा नं. २ मा ६ थान, वडा नं. ३ मा ५ थान, वडा नं. ४ मा ७ थान, वडा नं. ५ मा ७ थान, वडा नं. ६ मा ३ थान, वडा नं. ७ मा ३ थान, वडा नं. ९ मा ४ थान र वडा नं. १० मा ५ थान गरी कूल ४३ थान व्हिल चेयर वितरण गरिएको थियो ।

संयुक्त राष्ट्र संघले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरुको हक, हित र अधिकार प्राप्तिका लागि अन्तार्राष्ट्रियरुपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा सन् १९९२ देखि नेपालले उक्त दिवस मनाउँदै आएको छ । विश्वमा झण्डै कूल जनसंख्याको १५ प्रतिशत कुनै न कुनै किसिमको अपाङ्गताको शिकार छन् । नेपालमा झण्डै पाँच लाख भन्दा बढी अपाङ्ग छन् । नेपालमा शुरुमा शारीरिक, बहिरा, दृष्टिविहीन र सुस्त मनःस्थिति गरी चार प्रकारमा वर्गीकरण भए तापनि हाल अपाङ्गता अधिकार ऐन, २०७४ ले १० प्रकारमा वर्गीकरण गरेको छ । जसमध्ये थप श्रवण दृष्टिविहीन, स्वर र बोलाई सम्बन्धि, मानसिक वा मनोसामाजिक, बौद्धिक, अनुवंशीय रक्तश्राव (हेमोफिलिया) र बहुअपाङ्गता रहेको छ ।

राष्ट्रिय नारा ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने मूल मर्मका साथ नेपालभरी नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको संयुक्त आयोजनामा मंसिर १६ देखि २४ सम्म विविध कार्यक्रम गरी देशभरी मनाइदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *