मनिषा प्रधान,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
सबभन्दा धेरै फिल्मी गीतमा आवाज (स्वर) दिएर गिनिज बुक अफ वलर्ड रेकर्डमा आफ्नो नाम अमर गराएका वलिउड गायक एस.पी. बालासुब्रमण्यमबको ७४ वर्षको उमेरमा निधन भएको छ । मशहुर गायक बालासुब्रमण्यलमे हिन्दी, तेलुगू, मलायम र तमिल समेत १६ भाषामा करिब ४० हजार गीत गाएका छन् भौतक रुपमा संसारबाट सदकालागि बिदा लिएका गायकको शरीरसंगं अवाजको पनि अन्तय भएको छ । लामो समयदेखि अस्वस्थ गायक अस्पतालमा भर्ति थिए र अन्तिम समयमा कोरोना संक्रमण पनि भएको थियो ।
गायक वालासुब्रमण्यमको जन्म नेल्लुरको तेलुगू परिवारमा भएको थियो । प्लेवैक सिंगरको अलावा उनी म्युजिक डायरेक्टर, एक्टर, डविगं आर्टिस्ट र फिल्म प्रोडयुसर समेत थिए । ६ पटकका राष्ट्रिय फिल्म पुरस्कार विजेता गायक पद्मश्री र पद्म भूषण विजेता पनि हुन् । वलिउडमा शुरुवातको समयमा एक्टर सलमान खानको पर्मानेन्ट आवाज बनेका उनले ‘मैने प्यार किया’, ‘लव ’, ‘हम आपके है कौन ’, ‘साजन’, ‘एक दुजेके लिए ’, ‘सागर ’, जस्ता अनेकौं फिल्मका गीतमा आफ्नो स्वरको जादुले जिवन्त र कालजायी बनाउन सफल भएका छन् । ‘साथिया ऐ तुने क्या किया ’ ‘आजा शाम होने आयी ’, ‘दिल दिवाना बिन सजनाके माने ना ’, ‘बहुत प्यार करते है तुमको सनम ’, ‘दिदी तेरा देवर दिवाना ’ लगायत गीतका कारण दर्शक र श्रोताको मनमा बस्न सफल प्रसिद्ध गायक हुन – एस.पी. वालासुब्रमण्यम ।