मुलुक डेस्क,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
अनेकौ दन मिलेर नव निर्मित जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय सदस्य चयन एवं कार्य विभाजन हालसालै भइको छ। झण्डै १२ दल मिलेर बनेको जसपाको दुई दिने कार्यसमितिले अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई यथावत राखेको छ। यसैगरी वरिष्ठ नेतामा अशोककुमार राई एवं राजेन्द्र महतोलाई सर्वसम्मतले छनौट चुनेको छ। ७ सय २७ जनाको जम्बो केन्द्रिय समिति गठन गरेको जसपाले समितिका प्रमुख जिम्मेवारीमा वरिष्ठ नेताहरुलाई स्थान दिएको छ।