मुलुक डेस्क,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७

युवाहरुको ढुकढुकी मोटरसाइकल हो। यसै क्रममा स्याकार ट्रेडिङ जुटेको छ। कम्पनीले ल्याउने दुई मोडलमध्ये एक हाइनेस ३५० क्रुजर हो भने अर्को हर्नेट २.० स्ट्रीट फाइटर हो। होन्डाको क्रुजर मोटरसाइकलमा धेरैको आँखा परेको छ।

होन्डाले २०० सीसी सेग्मेन्टमा नेपाल ल्याउन लागेको हर्नेट २.० ले बजारमा पल्सर एनएस २००, टीभीएस आरटीआर २०० फोर भी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ। त्यसैगरि कम्पनीले ल्याउन लागेको क्रुजर मोटरसाइकल हाइनेस सिबी ३५० ले बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० र जावाका उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्ने छ। होन्डा हर्नेट २.० मा १८४.४ सीसी इन्जिन रहेको छ र हर्नेट २.० मा १७.२ बीएच पावर इन्जिन तथा १६.१ एनएम टर्क जेनेरेट गर्छ। हाइनेस सिबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ। उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ। होन्डा हाइनेस सिबी ३५० मा गोलो हेडलाइट, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ। कम्पनीले यसलाई दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्रोमा नेपाल ल्याउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *