मुलुक डेस्क,
वर्ष:०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
नेपाली साहित्यका प्रसिद्ध पुरस्कार ‘मदन पुरस्कार’ यस वर्ष ‘महारानी’ उपन्यासले पाएको छ। चन्द्रप्रकाश बानियाँद्वारा रचित उपन्यास हो – महारानी। त्यस्तै संगीतकार शान्ति ठटाललाई जगदम्बाश्री पुरस्कारले सम्मानित गरिएको छ। मदन पुरस्कार गुठी द्वारा प्रदान गरिने मदन पुरस्कारको धनराशि रु. ४ लाख रहेको छ। गुठीमा प्राप्त १५१ पुस्तकहरु मध्ये बाट छनौटठ भई महारानी सवोत्कृष्ट हुन सफल बन्यो।
वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गध पवधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’ समापजक शास्त्रमा चितरञ्जन नेपालीको जलरल भिमसेन थापा र तत्कालिन नेपाल तथा विज्ञान विधामा बलरमा जोशीको ‘अधिकविभल स्थिरविधुत उत्पादक’ पुस्तकलाई प्रदान गरेको थियो। यसैगरी वि.सं २०४५ मा रानी जगदम्बाको निधन पछि वहाँकै सम्झनामा जगदम्बा श्री पुरस्कारको स्थापना गरिएको थियो। उक्त सम्मान पहिलोपल्ट नारायण गोपाललाई प्रदान गरिएको थियो।