मुलुक डेस्क,
वर्ष: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७
सरकारले यस वर्ष ५९४ जनालाई विभूषण वितरण गरेको छ। सत्तानिकट हालिमुहाली गर्ने व्यक्ति र सरकारी कर्मचारीकै बीचमा विभूषणको वर्चश्व रह्यो। विगतमा झै विबकृतीकाृ श्रृखंलाले निरन्तरता पाएको देखिन्छ। फ्रन्टलाइनमा खट्ने राष्ट्रसेवक उपेक्षित भए भने पनि गृहका कर्मचारीको ठुलै संख्या रह्यो। करिव १० करमेड खर्च गरी बनाइएको तक्मा छनौटमा विवादित व्यक्तिहरु पर्न, सरकारका करिबीहरु पर्नुले पनि कतिपयले सरकारले घोषणा गरेको पनि अस्विकार गरेका हुन्।
यसवर्ष नेपाल रत्न, राष्ट्र गौरव तथा राष्ट्र दीपजस्ता उच्च विभूषण कसैलाई दिइएन्। सप्रसिद्ध जनसेनश्री (दोस्रो) पाउनेमा सर्वोेच्चका न्यायाधीश दीपक कार्की, अख्तियारका पूर्व प्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधानसेनापति पूर्णचन्द थापा र सशस्त्र महानिरीक्षक शैलेन्द्र थापा गरी चार चना थिए भने सुकीर्तिमय राष्ट्रदीप तृतीय पाउने सातजना थिए। यो वर्ष सबभन्दा धेरै सुप्रबल जनसेवाश्री (तृतीय) २ सय ४२ जनालाई बाँडियो। यसैगरी विभूषण अस्विकार र्गोमा निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ड उप्रेती, पूर्वराजदुत ञानचन्द्र आचार्य र वरिष्ठ अधिवक्ता शम्भु थापा पर्दछन्। साथै कलाकारहरु मह जोडठी, गायक पशुपति शर्मा, क्रिकेटर पारस खड्का, सन्दिप लामिछान, पत्रकार शिव गाँउले, लेखक झलक सुवेदी लगायतको तक्मा मन्त्रालयमै अलपत्र रहेको छ। यो वर्ष सबभन्दा ठूलो पुरस्कार सुप्रसिद्ध प्रबल जनसेवाश्री (प्रथम) डा. सन्दुक रुइत सम्मानित भएका हुन्।