मुलुक डेस्क,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७

विश्वव्यापी ब्रान्ड एप्पलले एकसाथ चारवटा नयाँ आइफोन १२ सार्वजनिक गरेको छ। नयाँ संस्करणका आइफोनमा आइफोन १२, आइफोन १२ मिनी, आइफोन १२ प्रो, आइफोन १२ प्रो म्याक्स रहेका छन्। एप्पलका सबै नयाँ आइफोनले फाइभ जी सपोर्ट गर्नेछन्।

एप्पलले ल्याएको आइफोन १२ मिनी यस वर्षको सबैभन्दा सानो आकारको आइफोन हो। यसमा ५.४ इन्चको ओएलइडी डिस्प्लेयुक्त स्क्रिन रहेको छ। आइफोन १२ मिनीमा रहेको सिक्स कोर सिपियूले यो आइफोनलाई अन्य स्मार्टफोनभन्दा ५० प्रतिशत फास्ट बनाउने दाबी एप्पलले गरेको छ। एप्पलको आइफोन १२ मा ६.१ इन्चको स्क्रिन, ए १४ बायोनिक प्रोसेसर रहेको छ। आइफोन १२ निलो, हरियो, कालो, सेतो र रातो रङमा उपलब्ध हुनुका साथै ६४ जिबी, १२८ जिबी र २५६ जिबी इन्टर्नल स्टोरेज मोडेलमा उपलब्ध छ। आइफोन १२ प्रो मा ६.१ इन्चको ओएलइडी डिस्प्ले र आइफोन १२ प्रो म्याक्समा ६.७ इन्चको डिस्प्ले छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *