लेकबेसी लोहरुङ,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७

सङ्खुवासभाको खाँदबारी मनोभञ्ज्याङमा सङ्खुवासभा साहित्यिक समाज (ससास) स्थापना गरिएको छ। स्थानिय समाज सेवी सूर्य कोरङ्गी ‘रीता’ को संयोजकत्वमा आयोजित कार्यक्रममा ११ सदस्यिय कार्य समिति चयन गरिएको छ।

गीतकार तथा गजलकार वीरेश राईको अध्यक्षतामा गठित ‘ससास’ मा अधिकांश सदस्यहरु गजलकार छन्। सातजना गजलकार, तीनजना कवि चयन गरिएको ‘ससास’ मा सुमन राई ‘लोहरुङ’ एकमात्र गायक तथा सङगीतकार छन्।

सङ्खुवासभामा बृहत साहित्यिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थापित ससासका अध्यक्ष राई का अनुसार कवि सूर्यनारायण श्रेष्ठको अभिलाषाको उपज तथा श्रष्टाहरुको सामुहिक प्रयासको नतिजा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *