सुजीतकुमार‌ झा,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १९ | असोज/कार्तिक २०७७

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली वलिप्रदान नहुने, वलिको ठाउँ क्षमा पूजाको तैयारी

जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यसपाली वलिप्रदान नहुने भएको छ। एक रातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ। अष्टमीको रात्री विशेष वलिप्रदान प्रत्येक वर्ष हुँदै आएको थियो। कोरोना संक्रमण बढी रहेका कारणले वलिप्रदान रोकिएको राजदेवी मन्दिरका महन्थ राम गिरिले वताए। उनले वलिप्रदान नगर्न स्थानीय प्रसासनकोे निर्णय अनुसार वलिप्रदान वाहेक अन्य पूजाहरु मात्रै हुने वताए।

राजदेवी मन्दिरमा पूजाको विशेष तैयारी शुरु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले जिप्रकामा विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, गुठी संस्थान र युवा क्लवहरुको संयुक्त बैठकले वलिप्रदान नगर्ने निर्णय भएको जानकारी दिएका छन्। बलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने महन्थ र पूजारीहरुसंग सल्लाह भएको छ। राजदेवी मन्दिर वाहेक धनुषाको दर्जनो स्थानमा वलिप्रदान हुने गरेको छ र ती सबै ठाउँमा यसपालि वलिप्रदान कार्यक्रम रोकिएको छ।

वलि प्रदानको परम्परा

जनकपुरधामको शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमीको रात्रीमा बलिप्रथाको परम्परा रहेको छ। गतवर्ष १४ हजार ३ यस ६६ बोकाको बलि दिइएको थियो। बलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष बलि दिइने कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए।

राजदेवी मन्दिरका महन्थ गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको वताए। राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन। १०० जना युवा बली प्रदानमा सहभागी थिए । एकातिर बलीप्रदानको १४ हजार भन्दा बढी भइरहेको छ भने बोकाको कारोवारपनि जनकपुरधाम क्षेत्रमा त्यही रुपमा बढी रहेको बेला प्रशासनको निर्णयले व्यापारीहरु निराश देखिएका छन।

अन्य शक्तिपीठमा वलिप्रदान अन्यौल प्रदेश २ को धनुषा सहित अन्य जिल्लामा पनि दर्जनो शक्तिपीठ रहेको छ। ती शक्तिपीठमा यसपाली बलिप्रदान हुने वा नहुने त्यस सम्बन्धमा निर्णय भएको छ। सप्तरीमा सखरा र कंकालनी दूईवटा ठूलो शक्तिपीठ रहेको छ। सखरा मन्दिरका पूजारी महानन्द ठाकुरले प्रशासनको निर्णयको प्रतिक्षा रहेको बताए। सखरामा बलिप्रदान अन्य वेलापनि भइरहन्छ तर दशैंको बेला अत्यधिक हुने गर्दछ। कंकालनीमा दशैको बेला रागां चढाउनेको भीड हुने गर्दछ। महोत्तरीको सोनामाई पनि अत्यधिक बली हुने मन्दिर हो। त्यहाँपनि बलिप्रदान सम्बन्धि कुनै निर्णय भएको छैन। हजारौंको संख्यामा त्यहाँ रागांको बलिप्रदान हुने गरेको छ। वाराको गढीमाई र पर्साको गहवा माई मन्दिरमा पनि दर्शैको पूजा सम्बन्धमा अहिलेसम्म कुनै निर्णय नभएको मन्दिरका पूजारीहरुले वताएका छन। एकसाता भित्रै दशैं सम्बन्धमा निर्णय हुने प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *