दिपककुमार सिंह ,
वर्ष : ०३ | अङ्क : १९ | असोज २०७७
घरको आर्थिक चाप र विदेशमा परिश्रमको रापले नौजवान विवाहितदेखि प्रौढसम्मका अधिकांस श्रीमतिहरु छिमेकी, गाँउलेलगायत अन्यसंगै टाप ठोक्ने गरेको घटनाहरु प्रायजसो सार्वजनिक हुने गरेको छ । युवा अवस्थामै विवाहित जोडीको नाइके विदेशिनुले युवतीको चाहना अतृप्त बन्नु स्वाभविक हो र त्यसमा पनि १०/१५ वर्षसम्म लगातारको विदेश बसाइ त झन उनीहरुका लागि दिन गन्नु तर जवानी बिताउनु हो । स्मरण रहोस् यौवन, चाहना र तृप्ती सबैलाई नभई नहुने भौतिक सुख र आनन्दको मार्ग हो । केहीले आवस्यकताको यस सिद्धान्तलाई संयमित र लोकलाजको दायराभित्र रहेर पुरा गर्दछन् भने कोहीले अमर्यादित र छताछुल्ल तवरले समाजमा नाङ्गो प्रर्दशन गर्न पनि चुक्दैनन् ? यद्यपी आजपनि कति गृहणीले आफ्नो पतिलाई नै परमेश्वर ठानी लोकलाजको मर्यादामा रहेर परिवार एवं वच्चाको रेखदेख गरेको पाइन्छ ।
समाजमा यस्ताखाले कुरीति र घटनाले विस्तारै जडो गाडेको देखिन्छ । आर्थिक समपन्नताको आशामा पारिवारिक तनावको शिकार बन्नु परेको उदाहरण यत्र–तत्र भेटिन्छ । प्रसंग हो, महोत्तरीको गौशाला निवासी महिला विणा चौधरीको अमार्यदित प्रेम कहानी । ३० वर्षिया विणाको पति सुरेश चौधरी विगत ७ वर्षदेखि विदेशमा छन् । प्रत्येक दुई र तीन वर्षमा २/३ महिनाको विदाबाहेक उनी आफ्नो परिवारसंग बस्ने सौभाग्य र सुख पाएका छैनन् । विणा र सुरेशको दुई सन्तान पनि छन् । विगत सात वर्षदेखिको कमाई सुरेशले विणाको हातमा पठाउदै आएको छ । आफ्नो पुख्र्यौली ६ कठ्ठा जग्गा पनि बिणाले बेचिन् र साथसाथै बेचिन् आफ्नो अस्मिता ! विगत कयौं वर्षदेखि अनेकौं संग अवैध सम्बन्धमा स्थापित गर्न सफल उनी कयौं पटक रंगे हात पनि समातिएकी हुन् । तर पछिल्लो १/२ वर्ष देखि गौशालाकै टेन्ट व्यवसायी जितेन्द्र चौधरी, अन्दाजी वर्ष ५० का संगको प्रेमालापले विणाको पति र जितेन्द्रको पत्नी प्रमिला सबभन्दा बढी प्रताडित हुनु परेको छ । जितेन्द्र र प्रमिलाका तीन सन्तान छन् र उनीहरु हाल विचल्ली अवस्थामा छन् । कयौं पटक स्थानिय, प्रहरी लगायत प्रशासनलाई हारगुहार लगाए तापनि परिस्थिती अनुकुल देखिएको छैन । जितेन्द्र र बिणा एक आपसमा लैला–मजनु सरह जीवन बिताइरहेका छन् । समाजमा लोकलाजको वास्ता नगरीकन यी जोडी विंदास बाचिरहेका छन् ।
विणा र जितेन्द्रको प्रेम कहानी महोत्तरीवासीकै लागि चर्चा र दुःखद खबर बनेको छ । विणाका पति सुरेशका अनुसार उनकी श्रीमतिको शुरुवात देखिनै चरित्र शंकास्पद र कुलटा भएको दाबी छ । समयसंगै सुध्र्रिने आशामा रहेको उनको विश्वासमा वर्ष दिन अगाडी बज्रपात भयो जब विणा जितेन्द्रसंग रह्न र बस्न थालिन् । यता जितेन्द्रकी श्रीमति प्रमिलाले स्थानिय थानामा उनीहरुको विरुद्ध कयौंपटक उजुरी दिइन् तर प्रहरीबाट हालसम्म ठोस कदम नचालिएको गुनासो गर्दछिन् । साथै प्रमिलाद्वारा इलाका प्रहरी गौशालामा आफ्ना पति र विणाविरुद्ध बहुविवाहको किटानी मुद्दा दर्ता र प्रकाउ पुर्जि जारी भएपनि आजसम्म कुनै कार्यवाही नभएकोले प्रहरीलाई शंकाको नजरले हेर्ने गरेकी बताइन् ।
समाजको बदलिदो परिवेश र पैसाको उन्मादले यौवनमा थप तरंग ल्याउनु नौलो होइन, तर यसको नतिजाले व्यक्ति, परिवार र समाज स्वयं कता गईरहेको आभाष छ त ? पक्कै पनि विध्वंस र कु–संस्कार हाबी भइरहेको आभाष हुन्छ । विणा–जितेन्द्रसंगै कति कहानीले गाँउ समाजमा जडो गाडेको हामीलाई पत्तै छैन् ? हो, यस्ताखाले कुरीति र कुसंगतीलाई निर्मुल पार्नु जरुरी छ, समाज प्रशासन र व्यक्तिको सार्थक पहल नितान्त आवश्यक छ ।