मुलुक डेस्क,

वर्ष : ०३ | अङ्कः१८ | भाद्र २०७७

नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निजामती कर्मचारीहरुको पेशागत संरक्षण, पहिचान र मर्यादालाई वैज्ञानिक र व्यवस्थित बनाउन गरिन लागिएको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगनको माग गरेको छ । २०७७ असोज २४ गते हुने भनिएको निर्वाचन सम्बन्धी कार्यक्रमप्रति मञ्चको गंभीर ध्यानाकर्षण भएको र निर्वाचन प्रक्रियाका सम्बन्धमा मिति २०७७/०४/२८ मा मूख्य सचिवालयमार्फत प्रधानमन्त्री समक्ष आफ्ना मागहरु राखिएकोमा त्यसको वेवास्ता गर्दे निरंकुश शैलीमा गराउन लागिएको निर्वाचन मान्य नहुने भन्दै मञ्चले पे्रस विज्ञप्ति मार्फत उक्त माग गरेको हो ।

मञ्चले निजामती सेवामा रहेका मधेसी, आदीवासी, जनजाति, थारु, दलित, मुस्लिम तथा अल्पसंख्यक लगायत सामाजिक रुपमा वञ्चितिकरणमा परेकाहरुको प्रतिनिधित्व आधिकारि ट्रेड युनियमा चाहेको भन्दै निर्धारित १० प्रतिशत, थ्रेस होल्डलाई ३ प्रतिशतमा कायम गर्न समेत माग गरेको छ । विज्ञप्तिमा लोक सेवाबाट हालै स्थानीय निकायको लागि छनोट हजारौं कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीलाई निर्वाचनमा समावेश नगरि संघीय तथा प्रादेशिक निजामती सेवा सम्बन्धी कानुनहरु निर्माण नै नगरी जवरजस्ती निर्वाचन लाद्ने काम गरेको आरोप लगाइएको छ ।

मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग सम्बोधन गर्न, नयाँ मिति सार्वजनिक गर्न र नभए आन्दोलन गर्न वाध्य हुने जानइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *