सोनिया तिवारी,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७

झाँसीकी रानी लक्ष्मीबाईको उपनाले प्रचलित अभिनेत्री कंगना रनौतको अभिनयसंगै उनको टिव्ट र बोली विवादमा आएको छ। अभिनेता सुशान्त सिंह राजपुतको कथित आत्महत्याको बारेमा खुलेर विरोध गर्दै आएकी कंगनाले बलिउडमा नेपोटिज्म (भाइ–वंशवाद), ड्रग्स, कास्टिङ काउच् हावि रहेको बताइन्। महाराष्ट्रको मुंबईमा उनको कार्यालयमाथि भएको तोडफोडमा सिधै मुख्यमन्त्री उद्वव ठाकरेलाई निशनामा राख्दै ‘त ’ जस्तो शब्दको प्रयोग गर्दै खुल्ला चुनैती दिएकी छिन्। मुंबईलाई पाकिस्तान अधिकृत कश्मिर जस्तो बयान टिव्ट गर्दे उद्वव सरकारलाई आरोप समेत लगाउन नचुकेकी कंगनाले शिव सेनालाई सोनिया सेनासमेत भन्न भ्याइन्।

निडर, खरो र जुझारुपनको छवि बनाइएकी कंगना बलिउडको ख्यातीप्राप्त अभिनेत्री एंव निर्देशक हुन्। २२ वर्षमै राष्ट्रिय पुरस्कारद्वारा सम्मानित उनी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री समेत हुन्। बलिउडमा स्थापित चर्चित कलाकार कंगना तीन राष्ट्रिय चलचित्र पुरस्कार र चार फिल्मफेयर पुरस्कार प्राप्त गरेकी छिन्। हिमाचलको भाम्लामा जन्मेकी ३३ वर्षिय कंगनाका चर्चित फिल्ममध्ये गैंग्स्टर, फैसन, क्विन, तनु विड्स मनु रिर्टन्स, रंगुन, क्रिस ३, मनिकर्णिका छन्। एक्लो अभिनेत्री कंगनाको अभिव्यक्तिले मुंबई र भारत अहिले राजनितिक धु्रविकरणमा लागिपरेको छ। अभिनयको जादुसंगै अभिव्यक्तिको उन्मादमा रम्दै गरेकी कंगना भारत सरकारद्वारा दिइने चौथो सर्वश्रेष्ठ पुरस्कार पद्मश्रीबाट सम्मानित छिन्। हालैको विवाद र सुरक्षा खतराको दृष्टिकोणले वाइ प्लस सुरक्षा पाउने पहिलो अभिनेत्री हुन – कंगना रनौत।

Leave a Reply

Your email address will not be published.