कृष्ण सिंह,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १८ | भाद्र २०७७

कोरोना हटस्पट बनेको सर्लाही जिल्लामा स्रोत र साधनको अभावै अभाव रहेको देखिन्छ। कोरोना पीसीआर किट र रिएजेन्ट अभावले स्वाब परीक्षण प्रभावित भएको हुदां जिल्लाकै अवस्था भयावह बन्दै गईरहेको छ। ५ जना कोरोना संक्रमित भेटिएपछि मलंगवाको सर्लाही अस्पतालमा अति आवश्यक सेवा बाहेकका अरु सबै सेवा बन्द गरिएको छ।

स्वास्थ्यकर्मी र कर्मचारी संक्रमित हुँदा अस्पतालको सेवा सञ्चालनमा मात्र कठिनाइ भएको छैन, कोरोना अस्पताल व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ। हालको संकट व्यवस्थापनका लागि स्थानीय तहले समुचित संयन्त्र बनाउन नसकेके अवस्थाले स्थिती झनै नियन्त्रण बाहिर गईरहेको अवस्था छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले सबै स्थानीय तहहरुलाई आआफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गर्न भनी पत्र पठाइसकेको भएपनि त्यसको पालना गराउन पालिका प्रमुखहरुले कुनै कदम अगाडि बढाएको देखिदैन। उक्त निषेधाज्ञाको प्रभाव सदरमुकाम मलंगवा तथा जिल्लाका अन्य ग्रामीण क्षेत्रमा खासै देखिएको छैन।

जिल्लाका ग्रामीण बस्तीमा ठुला साना सबैखाले पसल तथा होटलहरु खुल्ला छ। दुइपाँग्रे सवारीसाधन निर्धक्कका साथ गुडिरहेका छन् भने माक्स र सामाजिक दुरीको पालना गरिएका छैन। सर्लाहीमा हरेक दिन दर्जनौंको संख्यामा संक्रमित बढ्दै छन्।

व्यापारी, सरकारी कर्मचारी, सहकारीका कर्मचारी, सुरक्षाकर्मी, होटल व्यवसायी लगायतमा कोरोना भाईरस पोजेटिभ देखिएपछि समुदाय स्तरमै कोरोना फैलिएको तथ्यलाई नकार्न सकिदैन। हरिवन नगरपालिकामा २२ जना कोरोना संक्रमीत फेला परेका छन्। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलने भएकाले संक्रमण दर गुणात्मक रुपमा बृद्धि भइरहेको छ। अर्कोतिर हाम्रो स्वास्थ्य क्षेत्र आफैमा रोगी छ। न पर्याप्त जनशक्ति छ न पुग्दो उपकरण तथा भरपर्दो उपचार–विधी? त्यसैले संक्रमण भएमा अस्पताल गएर, उपचार गराएर ठीक होला भनी ढुक्क हुने स्थिति छैन स्थानिय प्रशासन तदारुकताका साथ कोरोना नियन्त्रण प्रति गम्भीर नभएको, परिक्षणका लागि आवश्यक उपकरण र भौतिक पूर्वाधारको समायोजनमा अभाव हुनु एवं केन्द्र र प्रदेश सरकार संगैं जनाता आफैमा पनि सजक र सर्तक नहुनाले कोराना महामारी तुल्नात्मक रुपमा दिन प्रति दिन बढदै गएको अवस्थामा छ। व्यक्ति देखि समुदायमा रुपान्तरणको खतराले जनजीवन आक्रान्त देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *