वर्ष‌‌‌‌‌‌: ०३ | अङ्क: १८ | भाद्र २०७७

“निरन्तर सहयात्रा”भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले सेन्ट्रल डाइगोनेष्टिक ल्याबोरेटोरी प्रा. लि. कमलपोखरी, काठमाडौँ सँग बैंकका कर्मचारी एवम् निजका आश्रीत परिवार सदस्यहरु, डेबिट कार्ड बाहक तथा बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ता साथै निक्षेपकर्ता र ऋणीहरुलाई नोबेल कोरोनाभाइरस (COVID-19) जाँचको लागी पिसीआर (PCR) ।

परीक्षण तथा सामान्य प्याथोलोजी परीक्षण सुविधाहरुमा १०% देखी २५% सम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सुविधा ल्याबोरेटोरीको कमलपोखरी, काठमाडौ स्थित मुख्य कार्यालय तथा बिरगन्जमा अवस्थित शाखा कार्यालय नारायणि सेन्ट्रल ल्याब प्रा. लि.बाट समेत प्राप्त गर्न सकिने छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र ल्याबोरेटोरीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेश प्रसाद गुप्ताले हस्ताक्षर गरेका थिए ।

यस लुम्बिनी विकास बैंक लिमिटेडले देश भरका ६८ शाखाहरुबाट आफ्ना ग्राहकहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकहरुलाई निशुःल्क डेविट/एटिएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुःल्क नलाग्ने व्यवस्था मिलाएको छ । हाल कोभिड – १९ को विषम परिस्थिति अन्त्य नभइसकेको हुदा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गर्नुहुन ग्राहकमा बैंकले अनुरोध समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *