वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७
भक्तपुरको पाँचतले (न्यातपोल) मन्दिर जिर्णोद्वार समयभन्दा अगावै स्थानिय श्रमदानको सहयोगमा अनुमानित रकमको आधाभन्दा पनि कम रकममा सम्पन्न भएको छ। विश्वप्रसिद्ध तथा विश्वसम्पदा सुचीकृत यस मन्दिरका जिर्नोद्वारका लागि भक्तपुर नगरपालिकाले ६५ लाख १३ हजार ८ रुपैयाँ विनियोजन गरेको थियो। जम्मा २८ देखि ३० लाखको बीचमा मन्दिरको जिर्णोद्वार सम्पन्न भएको हो।
२०७२ बैशाखको भूकम्पमा मन्दिरको पाँचौतला पूर्णरुपमा क्षति एवं अन्य चार तलामा आँशिक क्षति भएको थियो। त्यसै अनुरुप पाँचौं तलाको पूनर्निमाण र अन्य चार तलाको जिर्णोद्वार सम्पन्न भएको हो। यसअघि १९९० को भूकम्पमा पनि यसैगरि क्षति भएको थियो। कूल ४ हजार १ सय ३५ जनाको श्रमदानमा सम्पन्न मन्दिरमा महिला जनशक्तिको बाक्लो उपस्थिति रहेको थियो। श्रद्धापूर्वक उत्साहित भइर स्थानियले यस मन्दिरको जिर्णोद्वारमा सहभागी भएको पाइयो। वि.सं. १७०२ अर्थात नेपाल संवत् ८२२ मा तत्कालिन राजा भूपविन्द्र मल्लको पालामा पाँचतले (न्यातापोल) मन्दिरको निर्माण भएको मान्निछ। वास्तुतन्त्र विधि अनुरुप बनेको यो मन्दिरको १०८ फिट (३३.२३ मि.) अग्लो रहेको छ।