प्रमो‌‌‌दकुमार‌‌‌ साह,

वर्ष‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

धान नेपालको अर्थतन्त्रको मुख्य आधार रहेको छ। कोरोना संक्रमणका कारण अर्थतन्त्र थला परेको समयमा धान उत्पादनले सहारा प्रदान गर्ला अपेक्षा गरिएको छ। यस वर्ष समयमै पानी परेकोले धान उत्पादन पनि राम्रो हुने अनुमान गरिएको छ। नेपालमा प्रत्येक वर्ष असार १५ गते धानलाई केन्द्र बनाएर राष्ट्रिय धान दिवस मनाइदै आएको छ। यस वर्ष पनि देशैभरी ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ धान दिवस मनाइयो। १७औँ धान दिवसको अवसरमा प्रदेश दुईका मन्त्रीहरु देखि विभिन्न पालिकाका प्रमुखहरु खेत खेतमै पुगेर धान रोपेर धान रोपाईको शुभारम्भ गरे। देशै भरी धान उत्पादन भएपनि सबैभन्दा बढी धान उत्पादन प्रदेश २मा ४० प्रतिशत हुुँदै आएको कृषि मन्त्रालयको तथ्यांक रहेको छ।

पछिल्लो वर्ष प्रदेश दुुईमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पान भएको थियो। देशभरी राष्ट्रिय धान दिवस मनाई रहँदा प्रदेश दुईमा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाई भएको प्रदेश दुुईको भूमि व्यवस्था कृषि तथा ससहकारी मन्त्रालयले जनाएको छ। प्रदेश दुईमा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेती योग्य जग्गा रहेकोमध्ये अहिलेसम्म प्रदेश दुईमा ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाई भएको प्रदेश दुुईको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकार अविनाश झालले जानकारी दिए। मन्त्रालयका अनुसार प्रदेश दुईमा अहिलेसम्म पर्सा जिल्लामा धान रोपाई भएको छ। कुल ४६ हजार ६ सय ९७ हेक्टर जग्गामध्ये पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाई भएको छ। यो कुल खेती योग्य जग्गाको २९.६ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *