प्रमोदकुमार साह,
वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७
मधेश आन्दोलनका शहिदहरुको सम्झनामा निर्माण हुदैं
मधेश आन्दोलनमा शहिद भएका शहिदहरुको स्मरणमा जनकपुरधाम भव्य शहिद गेटको निमार्ण हुने भएको छ। जनकपुरधाम ढल्केवर सडक खण्ड अन्तरगत शहिदहरुलाई संस्कार गरिएको ठाउमा शहिद गेट निमार्ण गर्नका लागि शिलान्यास गरिएको छ।
२०७२ सालमा संविधान जारी भएको विरोधमा भएको आन्दोलनमा धनुषाका युवाहरु संजय चौधरी, नितु यादव र दिलिप यादव प्रहरीको गोलीवाट मारिएपछि शहिद घोषणा गरिए। तीनजनै शहिदको अन्तेष्टी समेत गरिएको स्थलको छेउमा मुजेलिया स्थित छ लेन राजमार्गमै जनकपुरधाम उपमहानगरपालिकाले साढे ४ करोडको लागतमा सो भब्य शहिद गेट बनाउन लागेको हो। एक समारोहका बिच मेयर लाल किशोर साहले जसपाका नेताहरुको उपस्थितीमा सो शहिद गेट निर्माण कार्यको शिलान्यास गरेका छन्।
मेयरमा जितेपछि सर्व प्रथम तिनैजना शहिद प्रति त्यहा पुगेर श्रद्धाञ्जली अर्पण गरि उपमहानगरपालिकाको पहिलो बैठकको निर्णयमा सो शहिदहरुको सम्मानमा शहिद गेट निर्माण गर्ने उल्लेख रहेकाले सो कामको शिलान्यास गरिएको मेयर साहले बताए। उनले भने, ‘मैले जितेपछिको पहिलो वैठकको महत्वपुर्ण निर्णयमा नै रहेकाले यो काम गरेको छु, अगामी आर्थिक वर्षमा गेटको समुदघाटन समेत गर्नेछु।’ भगवान श्रीरामको प्रतिमा र शहिदहरुको उपस्थितीले यस प्रवेशद्वारलाई एतिहाँसिक र धार्मिक महत्वको समेत बनाउने उनको कथन छ। जसपाका सांसद परमेश्वर साहले शहिदहरुको सम्मानमा हुने यस्ता कार्य सराहनीय रहेको बताए।
शहिदहरुको बलिदानी हामी कसरी भुल्ने? साहले भने, ‘जनकपुरधाम उपमहानगरपालिकाले गरेको काम शहिदहरु प्रतिको सम्मान हो।’ उपमेयर रिता झाले समेत आफुहरु शहिदहरुको बलिदानीको मुल्य कहिल्यै चुकाउन नसक्ने भन्दै सम्मानमा यो काम गर्न लागेको बताइन। शहिदगेटले जनकपुरधामको विशेषतामा थप विशेषण थप्ने र धार्मिक एतिहाँसिक तथा शहिदको स्मरण गराउने उनको कथन थियो।
जसपाका नेताहरु शेषनारायण यादव र पशुपती यादवले जनकपुरधाम उपमहानगरपालिकाको कामहरु मध्ये शहिद गेटको निर्माण र जनकपुरधाम नामाकंरण आफैमा गौरवशाली रहेको बताए। कार्यक्रममा शहिद संजय चौधरीकी वहिनी तथा जसपाकी युवा नेतृ ममता चौधरीले शहिदहरुले दिएको वलिदानको स्मरण गर्दै जनकपुरधामले निमार्ण गराउन लागेको शहिद गेट निमार्णले विर्सेका शहिदहरुको पुनः इतिहासले याद गर्ने वताईन। शहिद गेट निमार्ण शिलान्यास कार्यक्रममा उनी भावुक समेत भएकी थिईन। त्यसैगरि प्रादेशिक अस्प्ताल व्यवस्थापन समितिका अध्यक्ष संजय सिंहले मधेशका लागि वलिदान दिएका शहिदहरुको सम्मानमा शहिद गेट निमार्ण गर्नु आफुहरुको सपना समेत रहेको र जनकपुरधाम उपमहानगरपालिकाले सपना पुरा गरेकोमा धन्यवाद दिदै आफुहरुसंगै आन्दोलनमा होमीएका व्यक्तिहरुको स्मरणमा ऐतिहासिक गेट बन्नु आफुहरुका लागि हर्षको समय रहेको वताए। कार्यक्रममा शहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो।
५७ फिट अग्लो र १ सय ५ फिट चौडाईको छ लेन सडक माथी भगवान श्री रामले धनुष उचालेको सो प्रवेशद्वार शहिद गेट भनेर चिनिने छ। गेटको तीन मुख्य पिलर माथी तीनजना शहिदको प्रतिमा समेत रहने छ। उक्त शहिद गेट एक वर्षमा निमार्ण सम्पन्न गरिने जनकपुरधाम उपमहानगरपालिकाका इन्जिनियर अमर साहको भनाई रहेको छ।