वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

जनता समाजवादी पार्टी नेतृ तथा सांसद सरिता गिरीलाई पार्टीले साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट समेत पदमुक्त गर्ने कारबाही गरेको छ। सोही अनुरुप संघीय संसद सचिवालयले रितपुर्वक निष्कासन गरेको निर्णय जानकारी गराएको छ। राष्ट्रियताको संवेदनशील बिषयमा एक पछि अर्को लगातार आपक्तिजनक र विवादित अभिव्यक्ति दिदैं आएको आरोप लागेको थियो नेतृ गिरीमाथि। कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा सार्वजनिकमा गिरीले संसदमा आपित्त जनाएकी थिइन्।

सामाजिक सञ्जाल, अन्तर्वाता लगाएत संसदमै उभिएर नेपालले एक पक्षिय रुपमा नक्सा जारी गरेको भन्दै आक्रोश पनि पोखेकी थिइन्। यसैगरी निजगढ विमानस्थल बनाउने चर्चा सत्य होइन, त्यहाँ सेनाको एयरबेस क्याम्प बन्दैछ भनेर दाबी सहित खुलासा गरेकी थिइन् । साथै समाजिक सञ्जालमा कहाँ छ नेपालको सार्वभौमसत्ता भन्ने प्रश्न पनि उठाएकी थिइन्। गिरीले वारम्बार राष्ट्रियताको सवालमा संदेह ल्याउने अभिव्यक्ति दिदैं आएकी छिन्। एक अन्तरर्वाताका क्रममा लिम्पियाधुरा नेपालको हो भनेर म स्विकार्दिन तथा जेठ १३ मा सरकाले सर्वसम्मतिबाट जारी गरेको नक्सा देशको होइन, सरकारको हो भनेर बिरोध समेत जताइन्। बौधिक नेतृको रुपमा परिचित गिरी विगत तीन दशकदेखि राजनीतिमा सकृय रहदैं आएकी हुन्। ६० वर्षिय गिरीले सदभावना पार्टीबाट आफ्नो राजनैतिक सफर शुरु गर्दै एक समय पार्टी अध्यक्ष समेत बन्न सफल रहिन्। उनी सन् २०१२ मा श्रम तथा यातायत मन्त्री समेत बनेकी थिइन् तर अनियमितताको प्रकरणमा बर्खास्त गरिएको थियो।