वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा नियुक्त गरेको छ। वरिष्ठता क्रममा ३३ औं स्थानमा रहेको ५५ वर्षिय डा. शाह राज्यमन्त्री सरहको सुविधा लिदैं आएकी हुन्। उनी मानव अंग प्रत्यारोपन समन्वय समितिको संयोजक तथा शिक्षण अस्पताल महाराजगन्जको मिर्गौला विभाग प्रमुख समेत हुन्।

त्रि.वि. कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष दबाब र आदेशमा डा. शाहलाई उपकुलपति डा. धर्माकान्त बाँस्कोटलाई नियुक्त गरेका हुन्। जबकी सिफारिस कमिटिले क्रमशः डा. प्रदीप वैध, डा. शाह र डा. उत्तम श्रेष्ठको नाम प्रस्ताव गरेको थियो। डा. जगदीश अग्रवालको उमेर हदका कारण अवकाश पाएपछि डा. शाहले सिधा अवसर पाएकी हुन्। प्रधानमन्त्री निकट भएकाले नियुक्ति भएको भनेर चौतर्फी आलोचना समेत भएको छ। राजनीतिको भागबन्डा चलखेल र निकटस्थको उपज हो भनेर मेडिकल विद्यार्थी एसोसिएसनले आपक्तिनै जनाएको छ। यद्यपि कम्तीमा ५ वर्षको प्राध्यापक अनुभव र पूरा ४ वर्षे कार्यकाल हुने डिनको खोजमा त्यस मापदण्डका १४ प्राध्यापक भेटिए पनि महिला प्राथमिकताको नाममा डा. शाहको सुनियोजित नियुक्ति भएको मान्निछ।