वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

सर्लाही सदरमुकाम मलंगवाको बालमन्दिर चोक वर्षाको पानीले जलमग्न बनेको छ। पानीको निकास नहुँदा चोकमा जलमग्न बनेको र घुँडासम्म पानी जमेको स्थानीय व्यापारीले बताए। पानी रोडमा समेत जम्मा हुँदा सवारीलाई आवतजावतमा समेत कठिनाइ भइरहेको छ। निरन्तर वर्षा भइरह्यो भने पसलमा समेत पानी पस्ने खतरा रहेको व्यापारीले बताए। भारी वर्षाका कारण नगरपालिका चोक र बस पार्कमा समेत पानी जमेको छ। जिल्ला विकास चोकदेखि दक्षिण जाने रोड पुरै अहिले पानीले भरिएकाले हिँडडुल गर्न समस्या भइरहेको छ।

दिउँसो परेको पानीका कारण बालमन्दिर चौक पुरै पानीले भरिएको व्यापारी अजय कुशवाहाले जानकारी दिएका छन्। सडकमा घुडाासम्म पानी जम्मा भएको छ। वर्षा अहिले पनि भइरहेको छ। केहीबेर अझै वर्षा भयो भने पानी पसलमा पस्छ। सडकमा गाडी चल्दा पानी उछिटिएर पसलसम्म पुग्ने गरेको छ। पानी निकासका लागि नालाको उचित व्यवस्था नहुँदा समस्या भएको हो। बर्षेनि यहाँको व्यापारीले यो समस्या झेल्दै आएका छन्। अझै पानी पर्ने सम्भावना छ। चौक पुरै हिलाम्य भएको छ। एक घण्टाको पानीले नै नाला पुरै भरिएको छ।