चन्दन साह,

वर्ष‌‌‌‌‌‌: ०३ | अङ्कः १७ | श्रावण २०७७

केही दिन पहिले रामलाल घर फर्केका हुन। उनी काठमान्डौंको काटेश्वर स्थित एउटा फर्निचर उधोगमा कार्यरत थिए। उनी जस्तै १० जना अरु त्यही उधोगमा काम गर्थे। सरकारले लकडाउन घोषणा गर्दा उनले सोचे कि सायद लकडाउनको अवधी धेरै दिन सम्म नरहला तर त्यसको विपरीत लकडाउन को अवधि निरन्तर बढदै गइरहेको थियो।

कमाएको पैसा पनी उनले केही दिन पहिले नै घर पठाई सकेकोको थियो। यता ज्यालादारीमा कमाउने उधोग पनी बन्द भयो। आम्दानीको श्रोत नै बन्द भएपछी उनलाई पैसाको कमी हुनथालेको थियो। उधोग मालिक त केही दिन सम्म खाना र खाजा सजिलै उपलब्ध गरायो तर धेरै दिन देखी बन्द भएको व्यापारका कारण उनलाई पनि सबैको खर्च धान्न धेरै कठीन भइरहेको थियो। आखिरमा उधोग मालिक ले पनि आआफ्नो खाना पिना को व्यवस्था आफै गर्न भन्न थाले। हरेक दिन कराउन थाले। किचकिच पनि किन नगरोस मालिक लाई आफै कोठा भाडा लगायतका खर्चहरु तिर्न धौ धौ हुन थालेको थियो।

अब उनलाई एक मात्र विकल्प थियो घर जाने तर सहरमा चारै तिर आवत जावतमा कडाईका साथ रोक लगाईएको थियो। मान्छेहरु एक ठाउँ बाट अर्को ठाउँमा जान सक्दैन्थ्यो। कुनै पास भएको अथवा चिनजानको गाडीवालासंग पनि त सम्पर्क थिएन। उनको मन एकदम निराश भइरहेको थियो। गाडीवालासंग सम्पर्क भएको भए पनि के नै गर्न सक्थयो र न त आफुसंग पैसा थियो न त मालिकले दिइनैराख्याथ्यो। घरबाट पनि त पैसा आउन सक्ने अवस्था थिएन किनकि घरमा पनि त गरिबीका कारण दिनमा खाए रातका लागि सोच्नु पर्थ्यो र रातमा खाए दिनका लागि हालाकि क्षणिक स्थित सुध्रिदै थियो उनले कमाउन थालेपछी।

मन विचलित हुन थालेको थियो। उनलाई दुनीयामा आफ्नो सहयोग गर्ने कोही छैन भनेर लाग्नथालेको थियो। सरकार पनि त सहयोग गर्न असमर्थ थियो। अझ नेपाली राम्ररी बोल्न पनि नजान्ने। कसै संग सहयोग पनि कसरी माग्नु जब आफ्नो ठाउको मान्छे ले त सहयोग गर्न छाडेको थियो भने अरु कसले गर्लान र भनेर कोई संग सहयोगको अपेक्षा पनी राख्दैन्थे। एकान्तमा बसेर आफै रोईकराई गर्थे र फेरि आफ्नो हौसला आफै बढाउथे। भन्थे रातको पछाडी दिन छू भोलि त केही हुनसक्ला १ तर भोलि सधै भोलि नै हुन्थ्यो। कतैबाट कुनै सहयोग आउन सकिरहेको थिएनन। न त कुनै अश्वाशन नै तर पनि आफु लाई कमजोर हुन दिदैन्थे।

घरमा पनि छोराको वियोगमा बुढी आमाको मन बेचैन थियो , स्वास्नी घरि घरिफोन गर्थे र रुन थाल्थे। बालबच्चाहरु बुवा कहिले आउने भनेर सधै सोध्ने गर्थे। तर सबैको कुरा सुन्ने र सबैलाई ललाईफकाइ गर्न थाल्थे। सबैलाई विश्वास दिलाउथे कि म त एकदम ठिक छु तिमीहरु आफ्नो ख्याल राख , बाहिर नजाउ , साबुन पानीले बारम्बार हात धुदै गर्नु भनेर समझाउथे तर आफुले भोगीरहेको दुख कसैलाई शंका पनि हुनदिदैन्थ्यो। उनी चाहदैन्थे कि मेरो दुखमा मेरो पुरै परिवार नरोओस। मेरो चिन्तामा कोई चितामा नजानुपरोस जसोतसो गर्दा पनि कुनै उपाय जुरेन। अन्तमा उनले निधो गरे अब पैदल यात्रा गरेरै घर जान्छु। २५० किलोमिटरको बाटो कसरी जान सकिएला र ? भनीन्छ नी मनमा आँट र आफु प्रतिको विश्वास हुनु पर्छ। जस्तै विहारका दशरथ माझी ,उनलाई पहाड फोर्न मुश्किल थियो तर उनको दिनरातको परिश्रम र आत्मविश्वास कै कारण आखिरमा बाटो बनाउन सफल भएका थिए। त्यसै गरि रामलाल पनी विना कुनै साधन र खाना पिनाको व्यवस्था नै सहरबाट निस्के। तर उनी संग बचेको तिनसय रुपैया मात्र थियो र त्यही लिएर हिडे। उनलाई अलिकती पनि चिन्ता थिएन कि गाडीहरु पाउला कि नपाउला र प्रहरीहरुको बाक्लो परिचालनले त नसमात्ला भनेर। सब चिज बिर्षेर उनी सहरबाट निस्किसके।

लगभग दिनभरको हिडाई पछी जिउ थाकि सकेको थियो। लाग्थ्यो अब त हिडनै सकिँदैन तर फेरि एकछिनको अराम पछि उनी हिडन थाल्थे। चाउचाउ र बिस्कुट खाएर भोक टार्ने गर्थे तर पेटले चाउचाउ र विस्कुटले कति बेर सम्म सहन सक्छन र। अब त अन्धँयारो हुन थालेको थियो अझ एकान्त जंगल अनि आफु पनि एक्लै। केही बेर त लाग्थ्यो अब सायद बाच्ने चान्स नै छैन तर पनि आफु लाई मजबुत बनाइराख्थे। एकछिन पछीको हिठाइ पछी उनी आफु जस्तै आठ दस जनाको झुण्ड आफ्नै अनुहारको रङ संग मिलीरहेको देखे अझ भाषा पनि आफ्नै जस्तै सायद पुर्व तिरकै हुनुपर्छ भनेर उनले त्यही झुन्ड नजिक पुगे र चिनजान गर्न थाले।भाषाको मेल भएपछी उनलाई चिनजान गर्न पनि धेरै कठीन भएन। पछी बुझ्दै जादा उनीहरु पनि कामको शिलशिला मा काठमाडौं गएका थिए र लकडाउन ले उब्जाएको कठिनाईका कारण रामलाल जस्तै काठमाडौं बाट पैदल यात्रा गर्दै घर जाँदै थिए। अब त उनको मनको डर पनि बिस्तारै हटदै गइरहेको थियो। धेरै अन्धयारो भएका कारण उनीहरु केही समय विश्राम लिन चाहन्थे। जंगलमा राम्ररी विश्राम पनि कहाँ लिन सक्थे र त्यही भएर गाडीहरुको प्रवाह नगरी सडकको पेटीमै सुत्न थाले। शरिरको थकानका कारण निद्रा पनि छिटै आयो। तीन घण्टाको सुताई पछी उनीहरु फेरि हिडन थाले।

उनीहरु लाई एकठाउमा त प्रहरीहरु ले डण्डा चार्ज नै गरेको थियो। प्रहरीको भनाइ थियो सरकारको नियम पालना किन नगरेको, लकडाउन देशभरी लागेको थाहा छैन? तर सायद उनीहरु बिच प्रहरीहरु जस्तै पढेलेखेको र ज्ञान भएको व्यक्ति भएको भए उनीहरु पनी बुझाउन, सम्झाउन सक्थे होला। पेट ले न त नियम खोज्छ न त कुनै कानुन नै बस खोज्छ त्यो हो खाना र खानाको लागि कुनै नियम र कानुन नेपालमा छैन जस्तो छ। त्यही भएर त सरकारले गरिबका लागि केही गर्न चाहदैनन र केही गर्दैनन पनि। भोकै मर्नु भन्दा त राम्रो गोली बाट मर्नु हो त्यहि भएर हामीलाई मारदिए हुन्छ भनेर बुझाउन सक्थे