वर्षः ०३ | अङ्कः १७ | श्रावण २०७७
नेपाल स्टक एक्सचेन्जलि. र गुडविल फाइनान्स लिमिटेड बीचप्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु १,०००।– कायम भएको २,५०,००० थान १२% गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ (ऋणपत्र) सूचिकरण गर्ने सम्झौता सम्पन्न भयो। कम्पनीले सर्वसाधारण समक्ष एनआइािएल एस क्यापिटल मार्फत् २,५०,००० थान १२% गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो। यसरी सर्वसाधारणमा वितरण गरिएको २,५०,००० थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ। ऋणपत्र सूचीकरण सम्झौता पत्रमा यस स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुलाधरले हस्ताक्षर गर्नु भयो।