वर्ष: ०३ | अङ्कः १७ | श्रावण २०७७
नेपाल सरकारले हालका एआइजी शैलेश थापालई क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ। हालका आइजिपी ठाकुर प्रसाद ज्ञवालीको ठाँयमा थापा नियुक्त भएको हुन्। नव नियुक्त आइजिपी थापाको कार्यकाल २२ महिनाको हुनेछ। प्रहरी नियमावली अनुसार थापाले २०७९ वैशाख १८ सम्म नेतृत्वको कमान सम्हाल्ने छन्।
सधैं अब्बल र निष्पक्ष कार्य सम्पादन गर्दै आएका थापा ०४९ सालको ब्याचमा इन्सपेक्टरको खुल्ला प्रतिस्पर्धाबाट प्रथम हुँदैं नेपाल प्रहरीमा भर्ना भएका थिए। २८ वर्षे करिअरमा बिना कुनै विवाद प्रायः अग्रस्थानमा रहदैं आएका थापाबाट उनको कार्यकालमा नेपाल प्रहरीले उच्च र सबल प्रदर्शन गर्ने अपेक्षा राखिएको छ।