वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६

टेस्ला डाईगोनोस्टिक र नबिल बैंक बीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको छ। सम्झौता अनुसार अब नबिल बैंकका ग्राहक, कर्मचारी र कर्मचारी निकट परिवार ले क्लिनिकका बिबिध सेवामा बिशेष सहुलियत प्राप्त गर्ने भएका छन्। बालुवाटारमा गरिएको सम्झौतामा क्लिनिकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रिंकु  श्रेष्ठ तथा नबिल बैंक तर्फ प्रमुख – कार्ड शाखा श्री सनत पौडेलले हस्ताक्षर गर्नु भएको थियो। 

सम्झौता संगै अब नबिल बैंकका सेवाग्राहीले क्लिनिक सेवामा  बिशेष सहुलियत प्राप्त गर्नेछन भने यस बाहेक बैंकको स्वास्थ्य सचेतनामा  क्लिनिकले सहकार्य गर्ने भएको छ। बालुवाटारमा अवस्थित क्लिनिक मा सुलभ खर्चमा स्तरीय सेवा प्राप्त गर्न सकिने र स्वास्थ क्षेत्र उदारानिय सेवा परिस्कृत गर्ने उद्धेश्यले स्थापित क्लिनिकले देशको ठुलो जनसंख्या समेटेको नबिल बैंक संग सहकार्य गरेको हो। नबिल बैंकले ११८ वटा शाखाहरु, १७६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ।