वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६
शहरदेखि गाउँसम्म बृहत सञ्जाल भएको बैंक कृषि विकास बैँक र फोन पेबीच संझौता भएको छ। सम्झौता अनुरुप फोन पेका सबै सेवा बैँकको मोबाइल बैंकिङबाट लिनसक्ने सुविधा रहनेछ। ग्राहकमाझ अत्यन्तै रुचाइएको बैँक मध्ये एक कृषि विकास बैँकले अब बजारमा मर्चेन्ट विस्तार गर्नेछ, जसमार्फत ग्राहकले मोबाइल बैँकिङ मार्फत किनमेल तथा भुक्तानी समेत गर्न सक्नेछन्। बैँकका कार्यकारी प्रमुख अनिलकुमार उपाध्याय र फोन पेको वन सेट ग्रुपका अध्यक्ष विश्वास ढकालले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। ग्राहकलाई सहज किनमेल गर्न तथा भुक्तानी होस् भन्ने चाहनाका साथ यस्तो सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ। सन् १९६८मा स्थापित कृषि विकास बैँकले सन् १९८४बाट कर्मिसियल बैकिङको शुरुवात गरेको हो। ५२ वर्ष पुरानो बैँकको २७८ शाखा तथा ७३ एटिटम आउटलेट रहेको छ।