वर्षः ०२ | अङ्कः १६ | फाल्गुण-चैत्र २०७६
वित्तिय कारोवारको क्षेत्रमा २५औ वार्षिक उत्सव अर्थात सिल्भर जुब्ली मनाउन सफल संस्था युनाइटेड फाइनान्सले मुख्य कार्यालय लगायत अनेकौँ शाखा मार्फत विभिन्न प्रकारको सामाजिक कार्यक्रममा संलग्न र सहयोग गरेको छ। यसै क्रममा युनाइटेड फाइनान्स लिमिटेडको २५औँ वार्षिक उत्सवको अवसरमा निजगढ (प्रदेश २)ले निजगढ १०, बारास्थित हाम्रो मामा घर संस्थालाई सहयोग गरेको छ। गरिव, अनाथ, वेसहारा तथा असहाय बालबालिकालाई गाँस, बाँस र कपाससहित निःशुल्क शिक्षा प्रदान गर्दै आइरहेको परोपकारी संस्था हाम्रो मामा घरमा खाद्यान्न लगायत अन्य सामाग्री सहयोग स्वरुप युनाइटेड फाइनान्स निजगढ शाखाले प्रदान गरेको छ। चामल, आलु, दाल, तेल, फ्रुटी, कापि, पेन्सिल, पेन लगायतका सामग्री हाम्रो मामाघर संस्थाका सचिव अमृत अधिकारीलाई सहयोग स्वरुप हस्तान्तरण गरेको निजगढ शाखाकी कर्मचारी अनु सिंहले बताइन् ।
आर्थिक कारोबारसंग संगै सामाजिक र परोपकार अभियानमा समेत संलग्न रही आगामी दिनहरुमा अझ बढी सक्रियताका साथ सहयोग गर्दै जाने तथा बचत र कर्जाको लागि यस फाइनान्सले समन्वय गर्ने शाखा प्रबन्धक राजेश पौडेलले बताए। आफ्ना २३ वटै शाखा मार्फत विभिन्न खालका सामाजिक एवं चेतनामुलक कार्यक्रम एकै साथ २५औँ वार्षिक उत्सवका अवसरमा संचालन गरेको छ। सार्थ विज्ञप्तिका अनुसार सिल्भर जुब्ली स्पेशल सेभिङ खाता र कृषि अनुदान कर्जा सहितको विशेष स्किम पनि संचालन गरेको छ।